काठमाडौंं । केही दिनयता नेपालका कुना–कुनामा नेपालको जात व्यवस्था र यसले सिर्जना गरेका तरंगहरुको विषयमा बहस भइरहेको छ । जुन स्वभाविक पनि छ । कतिपय कथित उच्च जातिका साथीहरुले दलित समुदायका साथीहरुलाई नेपालको संविधान पढ्न सुझाव पनि दिनुभएको छ । खुसी पनि लाग्यो । किनकी लामो समयपछि नेपालमा जातीय विषयल...