धनकुटा साँगुरीगढीको चारखोले गोलाईमा स्कार्पियो दुर्घटना हुँदा ५ जना घाइते

धनकुटा । धनकुटा साँगुरीगढीको चारखोले गोलाईमा स्कार्पियो दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् ।
धरानबाट संखुवासभातर्फ जाँदै गरेको को १ च ६६४० नम्बरको स्कार्पियो गाडी बेक्र फेल भई सडकबाट झण्डै ५० मिटर तल खस्दा चालकसहित ५ जना घाइते भएका हुन् । सो दुर्घटनामा परी घाइते ४ जना हेयर्ड नेपाल बिराटनगरमा कार्यरत कर्मचारीहरु हुन् ।
यसरी घाइते हुनेमा उदयपुरको जिल्ला उदयपुर त्रियुगा नगरपालिकाका ६५ वर्षीय ललित परियार, मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ३ बस्ने ३३ वर्षीय एन्जिला अधिकारी, सोही स्थानका २३ वर्षीय निर्मला गुर्वाजु, मोरङकै उर्लाबारी नगरपालिका वडा नं. १ बस्ने ३० वर्षीय ज्ञानु गौतम रहेका छन् ।
त्यसैगरी सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ३ का ३८ वर्षीय राकेश कुमार यादव पनि घाइते भएका छन् । उनको निधार, कान र छातीमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले बताए ।
सो दुर्घटनामा परी घाइते भएका ५ जनाकै अवस्था मध्यम रहेको र उनीहरुको थप उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस