सरकार ! यो त अति भो, भोकलाई भोजन..., कहिले पाउने ?

Sushila bk nishannews

दोस्रो लहरको भेरियन्टसहितको कोरोना संक्रमणका कारण देश ठप्प छ । मानव जीवन त्रासमय बनेको छ । लगातार रूपमा संक्रमण फैलिएपछि संक्रमण नियन्त्रणको वहानामा काठमाडौं उपत्यकामा गत बैशाख १६ गते मध्यरातीदेखि निषेधाज्ञा लगाइएको छ । अझै निषेधाज्ञा थपिएको थपियै छ । तर, कोरोना ‘चेनब्रेक’ गर्न भन्दै निषेधाज्ञा लगाइएको भए पनि अझैं ‘चेन ब्रेक’ भएको चाँही पाइँदैन ।

गत वर्ष चाँही लकडाउन लगाइएको थियो । अहिले नाम परिर्वतन गरेर निषेधाज्ञा भनिएको छ । गत वर्षको लकडाउनले थिलथिलो बनेको नेपाल लकडाउन खेलेसँगै बिस्तारै लयमा फर्किन थालिसकेको थियो । फेरि बैशाख १६ गतेदेखि गरिएको निषेधाज्ञाले आम मानिसको दैनिकी पुनः गुम्सिएको छ ।

देशैभर भयावह रूपमा फैलिएको कोरोनाले हरेक दिन मृतकको संख्या बढ्दै गर्दा डर त्रास र भयको बाबजुत पनि मानिस निषेधाज्ञाको पालना गर्न बाध्य भएका छन् । अधिकांश मानिस रोगसँग संर्घष गरिरहेका छन् भने बिहान बेलुकी मजदुरी गरेर दैनिकी चलाउनुपर्ने बाध्यता भएकाहरू भोकसँग संघर्षरत छन् । सरकारले पटक–पटक थप्दै गएको निषेधाज्ञाको कारण मजदुरी गर्न सक्ने वातावरण नहुँदा रोगले नमरे पनि भोकले लैजाने निश्चित अवस्था प्रायः छ । मानिसहरू संकटको सामना गर्नै नसक्ने गरी थलिएका छन् । दैनिकजसो दौडधुपमा देखिने मानिसमा केही हतारो देखिँदैन । दैनिक मजदुरी गरेर गुजरा चलाउने मानिसमा केही चटारो देखिँदैन । देखिन्छ त केवल निराशापन । नहोस् पनि कसरी ? बिहान बेलुका छाक टार्न धौं–धौं पर्ने मानिसलाई निषेधाज्ञा निकै कष्टकर बनेको छ । २४ सै घण्टा बन्द कोठामा बिताउनुपर्ने यो अवस्थाले धेरै मानिसलाई डिप्रेशनको सिकार समेत बनाउने कुरा स्पष्ट देखिन्छ ।

देशको सबैभन्दा बढी संक्रमित भएका संघीय राजधानि काठमाडौँका सडक, गल्ली चोक हिजोआज सुनसान बनेका छन् । जहाँ सधै जस्तो सवारी चाप छैन । सुनसान देखिने सडक, बजार, चोक, गल्लि पनि लकडाउन खुल्ने समय कुर्दै गरेका मान्छे जस्तै बिछिट्टै अतालिएको जस्तै देखिन्छ । यतिबेला विश्वको करोडौँ मानिसको मानसपट्लमा कोरोना भाइरस कहिल्यै नमेटिने एक प्रकारको छाप जस्तै बनेको छ ।

अझ नेपालमा पछिल्लो एक महिनाभित्र कोभिडको कारण अक्सिजनको अभाव खेप्दै उपचार पाउने आशमा ज्यान गुमाएका मानिसहरूको संख्या दिन दुई गुणा, रातमा चौगुणा मृतकको संख्या बढिरहँदा अन्तिम अवस्थामा आफन्तको शव समेत छुन नपाउँदाको पीडा त कल्पना गर्न पनि सकिँदैन ।

कोरोना संक्रमणका कारण देशको अवस्था यस्तो छ । तर, नेपालीको राजनीतिलाई हेर्ने हो भने बेग्लै छ । सत्ता जोगाउने र गिराउने खेलमा व्यस्त छन् राजनीतिक दलका नेताहरू । नेपालका राजनीतिज्ञहरूलाई देशको यो कहाली लाग्दो दृष्यले छोएको छैन । र, छुनेवाला पनि छैन । किनकी उनीहरूको ध्यान साम, दाम, दण्ड र भेद प्रयोग गरेर भए पनि सत्ता जोगाउनेमा छ, सत्ता ढाल्नेमा छ ।

सरकारको कुरै नगरौं । सरकारमा बस्नेहरू ‘भदौंमा आँखा फुटेको गोरू’ झैं बनेका छन् । उनीहरूलाई न नियम लाग्छ, न कानुनको डर छ । उनीहरूलाई निषेधाज्ञाले छुने कुरै भएन । उनीहरूका लागि अस्पतालका बेड जति पनि खाली छन् । अक्सिजनको अभाव छैन, खोपको अभाव छैन । न भोकको चिन्ता नै छ । छ त केवल आफ्नो स्वार्थ कसरी पूरा हुन्छ ? ध्यान त्यतै छ ।

एक महिनाभन्दा लामो निषेधाज्ञाले गरिवको होस उडिसकेको छ । कोरोना रोगको चिन्ता त छँदैछ । त्यो भन्दा ठूलो चिन्ता त अब के खाने ? आफ्ना बालबच्चा कसरी बचाउने ? आफु कसरी बाच्ने ? दैनिक छाँक कसरी टार्ने ? भन्ने छ । यो महामारीमा केही मनकारीहरू सहयोग गर्न व्यस्त छन् । यो कहाली लाग्दो अवस्थामा उनीहरूको सहयोगले कसरी छाँक टर्ला र ?

तिनै मनकारीहरूले खुल्ला ठाउँमा खाना खुवाउँदा सरकारको आँखा जलेको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले त लुकाएर खाना खुवाउनु भनेका छन् । जनप्रतिनिधिले लाज ढाँक्न यस्तो लज्जास्पद कुरा गरिरहेका छन् । यदी खुल्ला रुपमा अरुले गरिवलाई खाना खुवाउन मिल्दैन भने मेयर सावले आफ्नो स्थानीय तहका जनतालाई घरघरमै राहतको पोको पु¥याई दिन सक्नु हुन्छ ? तपाईले भन्नु होला त्यो सम्भव छैन । तपाईले सक्नुहुन्न भने गरिवलाई जहाँ सजिलो हुन्छ, खान दिनुस् ।

सरकारी निकायले ठूला कुरा गर्ने गर्छ । तर, निषेधाज्ञाले जताततै अभावै अभाव छ । नागरिकहरू भोकै बस्न थालेका छन् । सरकार ! खोइ भोको पेटलाई खाना ? के ठूल्ठूला कुरा गर्ने सरकार र तिनका भरौटेहरूले जनता भोके बसेको देखेका छन् ? छैनन् । अहिले जनतालाई रोगसँगै भोकबाट पनि बचाउने बेला भइसकेको छ । त्यसतर्फ सरकार र सरोकारवालाको ध्यान जाओस् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएक...