कोभिड –१९ को तेस्रो लहरको झन धेरै खतरापूर्ण, अब कसरी जोगिने त ?

Dr. sampada shresth

कोभिड –१९ दोस्रो लहरको सामना गर्न नेपाल सरकारसँग प्रसस्त समय थियो । तर तयारीमा सरकार चुक्यो । हामी पनि चूक्यौँ । अब तेस्रो लहरको सामना गर्न हामी आफैँ तयार हुनुपर्छ । अब तेस्रो चरणको संक्रमण पनि आउने खतरा छ । कोभिडको तेस्रो लहरसँग जुध्ने तयारी सुरु गर्न अब अनिवार्य छ ।

विश्वभरकै तथ्यांक हेर्दा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको छ । पहिलो लहरमा बूढापाका र दोस्रो लहरमा युवा युवती बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी प्रभाव, जोखिममा पर्ने अनुमान छ । अब खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने विश्लेषण छ ।

यसको कारण भाइरसले गर्ने म्युटेशन (उत्परिवर्तन) हो । कोभिड भाइरस सकेसम्म धेरै नयाँ होस्टहरू आक्रमण गर्न म्युटेशन गर्दछ । पहिलो लहरमा कोभिड –१९ ले मुख्य रूपमा वृद्ध र रोग प्रतिरक्षात्मक शक्ति कम भएकोमा आक्रमण गरेको पाइयो । दोस्रो लहरले युवाहरूलाई ठूलो संख्यामा आक्रमण गर्दैछ । तेस्रो लहरले बच्चाहरूलाई आक्रमण गर्ने सम्भावना छ । किनकि बालबालिका बाहेक अरु प्रायः पहिले नै संक्रमित भइसकेका वा खोप लिइसकेका छन् । बच्चाका लागि खोप नभएकाले उनीहरूको वरीपरी रहने सबैलाई खोप दिएर सुरक्षित राख्न जरूरी छ । यसको मतलब हामीले चाँडै साना बालबच्चाहरूको लागि र सबै अभिभावकलाई खोप दिनु जरूरी छ ।

एउटा भाइरस मानव शरीरमा पस्यो भने त्यसले आफ्ना कोषिकाको संख्या बढाउन थाल्छ । यस्तो प्रक्रियालाई वैज्ञानिकहरु प्रतिकृति (रिप्लिकेशन) भन्छन् । यसरी एउटा शरीरमा धेरै संख्यामा कोषिकाको निर्माण भएपछि भाइरस त्यो शरीरबाट अर्को शरीरमा फैलिन सुरु गर्छ । त्यसमा पनि पुरानै तरिकाले आफ्ना कोषिकाको वृद्धि गर्छ । भिन्नभिन्न शरीरमा आफ्ना कोषिकाको विकास गर्दै जाँदा ती मानव शरीरका गुणहरु पनि भाइरसको विकासमा सहभागी हुन्छन् । यसरी भाइरसले आफूलाई बदल्दै जान्छ । जसलाई विज्ञानको भाषामा उत्परिवर्तन परिस्कार (म्युटेशन) भनिन्छ ।

यसरी अलग–अलग तरिकाले भाइरस परिस्कृत हुँदै जाँदा २–३ महिनाको अन्तरालमा यसका धेरै गुणहरु परिवर्तन हुन्छन् र नयाँ प्रजाति (भेरियण्ट) तयार हुन्छ । जब कुनै एक भाइरसले बिमारीको लक्षण बदल्न सुरु गर्छ, त्यसपछि यसको फैलिने रफ्तारले बिरामीको असर पनि बदलिन थाल्छ । यसरी नै कोरोना भाइरस अस्तित्वमा आइसकेपछि हजारौं नयाँ प्रजातिको विकास भइसकेको हुन्छ ।

कोरोना भाइरसका सयौं त्यस्ता भेरियण्टको चर्चा सुनिँदैन । धेरैजसो भेरियण्ट कमजोर भएर जान्छन् र उनीहरुको संक्रमण दर पनि ज्यादै कम हुन्छ । तर कुनैकुनै यति शक्तिशाली पनि हुन्छन् की, अरु प्रजातिभन्दा हजारौं गुणा छिटो संक्रमण फैलाउन र मावन शरीरमा गम्भीर लक्षण उत्पन्न गर्न उनीहरु सक्षम हुन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले दुनियाँमा सयौं भेरियण्टका कोरोना भाइरस अस्तित्वमा छन् । तर त्यसमध्ये केवल ३ प्रजातिलाई निकै शक्तिशाली मानिन्छ । दक्षिण अफ्रिका, ब्राजिल र ब्रिटिश भेरियण्टका कोरोना भाइरस अति तीव्र संक्रामक मानिन्छ । यसबाहेक अरु ७ प्रजातिका कोरोना भाइरसलाई पनि वैज्ञानिकहरु संक्रामक मान्छन् । तिनै ७ मध्येको एउटा हो, महाराष्ट्र भेरियण्ट । यसलाई ब्रिटिश भेरियण्टकै उपजाति मानिन्छ । ब्रिटिश भेरियण्टको अहिलेसम्म २३ म्यूटेशन भइसकेको छ भने महाराष्ट्र भेरियण्टको १५ म्युटेशन भएको छ ।

अहिले भारतमा पनि कयौं भेरियण्टका कोरोना भाइरसको संक्रमण भइरहेको छ । सबै मानिसलाई एकै किसिमको कोरोना भाइरस संक्रमण भएको छैन । विज्ञ चिकित्सकका अनुसार महाराष्ट्रमा ५०–६० प्रतिशत संक्रमण डबल म्युटेण्टले गराएको छ । यो भेरियण्ट अहिले साउंथ एसियाका बिबिन्न ठाउँ हरूमा फैलिन थालेको छ । ब्रिटिश भेरियण्ट अहिले भारतमा पाइएको छ । अब अरु प्रजातिका कोरोना भाइरस खत्तम भएर महाराष्ट्र भेरियण्ट नै सबैमा संक्रमण हुने जोखिम बढ्न थालेको छ ।

नयाँ भेरियण्टको विकास रोक्न सकिन्छ ?
जबजब भाइरसले नयाँ शरीरमा छिरेर आफूलाई बदल्न थाल्छ, त्यसपछि नयाँ समस्या सुरु गर्न थाल्छ । यदी भाइरसको म्युटेशन नै रोक्न सकियो र नयाँ भेरियण्टको उत्पादन नै हुन पाएन भने समस्या नै हुन्न थियो । के हामी भाइरसको नयाँ प्रजातिको विकास हुने नसक्ने अवस्था बनाउन सक्छौं त ?

वैज्ञानिकहरु को अनुसन्धान जारी छ तर मान्छेले भने भाइरसको यस किसिमको विकासलाई रोक्न सक्छ । भाइरसलाई नयाँ प्रजातिको विकास गर्न धेरै मान्छेको शरीरमा पसेर म्युटेशन प्रक्रिया सञ्चालन गर्नुपर्ने हुन्छ । यदी कोही एकजनाको शरीरबाट अर्को शरीरमा भाइरस छिर्नै पाएन भने यो प्रक्रिया रोकिन्छ ।

– तपाईँ मास्क लगाउनु हुन्छ भने संसारको जतिसुकै शक्तिशाली र संक्रामक भाइरस भए पनि तपाईँको केही विगार्न सक्दैन ।

– सबैले मास्क लगाउने हो भने भाइरस अर्को शरीरमा छिर्न पाउँदैन र यसले म्युटेशन रोकिन्छ । नयाँ प्रजातिको कोरोना भाइरस उत्पन्न हुन नदिने यही एउटा उपाय हो ।

– अभिभावकहरू सतर्क रहेर र घरमा पाहुनाहरू, भोज भतेर, जमघट हुने कामहरूबाट टाढा रहने, नगर्ने ।

– बालबालिका को हात समय–समयमा सफा गर्ने गराउने र घरमा पनि सामाजिक दूरी कायम राख्नुहोस् ।

– सन्तुलित आहार बिहार लाई पालना गर्नुपर्छ । सबै आवश्यक पोषक तत्वहरू समावेश गर्ने प्रयास गर्नुहोस् । यसले उनीहरूको प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ ।

– तपाइँको बच्चाहरूलाई र आफैँ पनि घरमा व्यायाम प्राणायाम गर्नुस् गराउनु होस् ।

– बारम्बार छोइने जस्तै ढोका ह्यान्डलहरू, फर्निचर, कुर्सी, वालेट, कम्पुटर, ल्यापटप, मोवाईल र काउन्टरटाँपहरू निश्चित अवधिपछि स्यानिटायिज गर्नुपर्छ ।

– यदि आमाबाबुले बिरामी महसुस गर्नुहुन्छ, खोकी–चिसो र ज्वरो जस्ता लक्षणहरू प्रदर्शन भएमा तपाईंले आफैँले आफूलाई बच्चाहरूबाट अलग राख्नु पर्छ ।

– बच्चाहरूले मास्क लगाउन मान्दैनन् भने उनीहरूलाई मास्क लगाउने र कोरोना भाइरससँग लड्नुको महत्वबारे राम्रोसँग कुरा गरौँ । आफु पनि बुझनुस् र अरूलाई पनि बुझाऊनु होस् ।

– कुनै पनि लक्षणहरू देखियो भने वेवास्ता नगर्नुहोस् ।

– यदि तपाईका बच्चाहरूलाई खोकी, चिसो वा ज्वरो आएको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस् ।

– आफ्ना बच्चाहरूलाई कोभिडको बारेमा र यो कसरी फैलिन्छ भन्ने बारेमा सिकाउनुहोस् ।

– यसो भनेर फेरी मानसिक तनाव नदिनु होस् । कोभिडबाट बच्न र बचाउन कोभिडसँग लड्न सिकाउनुस्, सिकानुस् ।

– आत्माबल उच्च राखौं सोच सकारात्मक बनाऔं !

(डा. श्रेष्ठ धनकुटा निवासी हुन्)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...