माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओम प्रकाश निरौलाको प्रमुख आतिथ्यतामा बसेको पूर्ण बैठकले महालक्ष्मी नगर कमिटीको पदाधिकारी चयन गर्दै सकिएको हो । गत चैत २३ गते सम्पन्न महालक्ष्मी नगर कमिटीको ऐतिहासिक दोस्रो सम्मेलनबाट ५१ सदस्य निर्वाचित भएका हुन् । त्यो बेला पदाधिकारी भने चयन गरिएको थिएन ।
आज भएको सो बैठकले उपाध्यक्ष द्वय टिकाराम श्रेष्ठ, सानु कार्की बस्नेत, सचिव लोकबहादुर नेपाल, सहसचिव लिला गुरुङ र कोषाध्यक्ष दुर्गा भुजेल सर्वसम्मत निर्वाचित भएका छन् । सो बैठकबाटै निवर्तमान पदाधिकारीबाट निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण समेत गरिएको थियो ।
बैठकले नगरका सबै वडामा सक्रिय र जुझारू संगठन निर्माण गरी आगामी निर्वाचनमा महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रलाई विजयी गराउन जनताका घरदैलामा पुग्ने योजना बनाएको नवनिर्वाचित उपाध्यक्ष सानु कार्की बस्नेतले बताइन् ।
सो बैठकमा नेकपा माअोवादी केन्द्र महालक्ष्मी नगर इन्चार्ज दुर्गा कुवँर, अखिल नेपाल महिला संघ, क्रान्तिकारी प्रदेश सदस्य सानु कार्की बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस