रुपा सुनार भर्सेज सरस्वती प्रधान प्रकरण : कुरा कोठाको, नियत कोटा खारेजीको

Mohan dadel

काठमाडौंं । केही दिनयता नेपालका कुना–कुनामा नेपालको जात व्यवस्था र यसले सिर्जना गरेका तरंगहरुको विषयमा बहस भइरहेको छ । जुन स्वभाविक पनि छ । कतिपय कथित उच्च जातिका साथीहरुले दलित समुदायका साथीहरुलाई नेपालको संविधान पढ्न सुझाव पनि दिनुभएको छ । खुसी पनि लाग्यो । किनकी लामो समयपछि नेपालमा जातीय विषयलाई लिएर संविधानका धारा उपधारासमेतका चर्चा हुन थालेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

कुन भाग कुन धारा, कुन उपधारा पल्टाएर बहस गर्ने हो ? त्यो जरुरी पनि भइसकेको छ । किनकी नेपालमा संविधान जारी हुन थालेयता नेपालका दलित समुदायले के के पाए ? सबै दलितले मात्रै पाए भन्ने भ्रम पनि छ । त्यसैले पनि नेपालको संविधानका एक एक शब्द केलाएर बहस गर्नुपर्ने समय आएको छ ।

अहिलेको संविधानलाई तुलना गर्दै दलित समुदायमाथि विभिन्न आरोप लगाउनेहरु र स्वयम् हामीले पनि नेपालका विभिन्न कालखण्डमा जारी भएका संविधानहरु अध्ययन गर्न जरुरी छ । एकपटक श्री ३ जंगबहादुर राणाको शाषण कालमा लिखत भएको नेपालको पहिलो कानुन मुलुकी ऐन १९१० पढौं । पहिले मनुस्मृति पढौं अनि हामी सबै जना सँगै बसेर बहस गरौं । त्यो बेला नेपालको समग्र सामाजिक संरचना कसरी निर्माण भएको रहेछ ? के कस्तो आधारमा निर्माण भको रहेछ ? त्यो कुरा छर्लंग हुन्छ ।

चिनियाँ सांस्कृतिक क्रान्तिले स्थापित गरेको मुलभुत बिषय भनेको ‘पोलिटिकल ईज अल कमाण्ड’ हो । नेपालको समग्र व्यवस्था जात व्यवस्थामा आधारित छ । राम्रोसँग तथ्यसंगत आधारमा बुझ्ने प्रयास गर्ने हो भने वौद्धिक व्यक्तित्व भनिएकाहरुको चेत खुल्न सक्छ । विगतका संविधान र ती संविधान अनुसार काम भएका छन् की छैन भनेर मुल्यांकन गर्नसके मात्र अहिले आफुलाई बौद्धिक हुँ भन्नेहरुलाई अहिले समाजको वास्तविक धरालत प्रष्ट हुन्छ । अन्यथा ठूलो भुल मात्रै हुने छ ।

यहाँ अहिले रुपा सुनार र सरस्वती प्रधानबीचको काण्डमा बौद्धिक व्यक्तित्व भनिएकाहरुबाटै अस्लिन र भद्दा मजाकहरु गरिएको पाइन्छ । असाध्यै लज्जित र घृणित अभिव्यक्तिहरु आइरहेको पाइन्छ । यसले हाम्रो समाजलाई दुई कित्तामा विभाजित गराइदिएको छ । यही प्रकरणले समाजलाई ठूलो कित्ताबन्दीतिर लैजाने सम्भावना पनि उत्तिकै बढाएको छ । उपाध्याय बाहुनले जैसीलाई बाहुनलाई हेप्छ । जैसीले झर्रा क्षेत्रीलाई हेप्छ । झर्रा क्षेत्रीले क्षेत्रीलाई, क्षेत्रीले जनजातिलाई र जनजातिले दलितलाई हेप्छ । योहाम्रै समाजले निर्माण गरिदिएको एउटा सामाजिक कुसंस्कार मात्र हो ।

यो एउटा पाटो भयो । कोटा र कोठाको बिषय गम्भीर रुपमा फरक बिषय हुन् । तर, अहिले रुपा सुनारले कोठा माग्न जाँदाको घटनालाई लिएर अनेक कुतर्कहरु भइरहेका छन् । आफुलाई पढलेखेका र विद्धान भन्न रुचाउनेहरुले नै नेपालमा विभिन्न प्रकारमा भ्रमहरु छर्ने काम गरिरहेका छन् । जाति–जातिबीच एकापसमा भिडाउने, लडाउने र फाइदा जति आफैंले लुट्ने सीमित जाति र व्यक्तिहरुले कोठाको कुरा कोटासँग तुलना गरिरहेका छन् । यी विद्धानहरु सर्टिफिकेटमा मात्रै विद्धान छन् । तर, नेपाली समाजको वास्तविकता र यथार्थका विषयमा ‘जिरो’ जस्तै छन् । कितावी विद्धान र समाजको यथार्थ बुझ्ने विद्धानबीच आकास पातालको फरक हुन्छ भन्ने अहिलेको बहसले पनि पुष्ट्याएको छ ।

शिक्षा भनेको समाज परिवर्तनको ठूलो हतियार हो । तर यहाँ शिक्षा पढाउने शिक्षक नै अवैज्ञानिक तर्क गरेर समाजमा द्वन्द्व फैलाउने कुचेष्टा गर्दैछन् । २१औं शताब्दीमा हामी मानव सबै एउटै हौं र हाम्रो दर्जा मानव हो भन्ने सत्यलाई नबुझ्ने पनि कसरी शिक्षित हुन सक्छ ? काठमाडौंमा लगायत नेपालका थुप्रै ठाउँमा दलित समुदायले कोठा नपाएको आज मात्र होईन, सदियौंदेखिको हो । के रुपा सुनारले ‘म कामीको छोरी हुँ’ भन्नु गलत थियो ? अवस्य पनि होइन । किनभने रुपाले आफ्नो वास्तविकता लुकाउन खोजेको पाइँदैन । हामीले हाम्रो वास्तविकता भन्न डराउनु पर्दैन भन्ने पनि हो । तर, यही विषयलाई लिएर जुन प्रकारले आफुलाई ठूला जात भनिनेहरुले अफवाह फैलाइरहेका छन्, त्यससाई बेलैमा तोड्नुपर्ने बेला भइसकेको छ ।

कोठाको विषयमा चलेको अहिलेको विषयलाई कोटासँग जोडेर अनावश्यक तर्क गरिरहनुको अर्थ छैन । पश्चिम रुकुममा भएको जघण्य अपराध, शम्भु सदाको घटना लगायतका थुप्रै घटनाहरु छन् । कोही समाजको अगुवा शिक्षित बौद्धिक र प्राज्ञिक व्यक्तित्वहरुले बहस गरेर समाजमा सकारात्मक शिक्षा दिएको खै त ? के त्यो जरुरी छैन र ? त्यसकारण पनि हामीले एउटा प्रशंगलाई जोडेर कोटा प्रणालीलाई गलत सावित गर्न खोज्नु राम्रो होइन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...