धनकुटाको स्कुलडाडा नजिकबाट चिरान काठसहित दुई जना पक्राउ

2

धनकुटा । धनकुटाको स्कुलडाडा नजिकबाट प्रहरीले चिरानी गरेको काठसहित दुई जना पक्राउ गरेको छ ।

आइतबार दिउँसो धनकुटा नगरपालिका वडा नं. ३ स्कुल डाँडा नजिक हिलेबाट धनकुटातर्फ आउदै गरेको को २ च १५०३ नम्बरको बोलेरो पिक–अपलाई रोकी चेकजाँच गर्दा चिरानी गरेको काठसहित सहिदभूमि गाउँपालिका वडा नं. ७ का २५ वर्षीय रुद्रमाण राई र चालक ३२ वर्षीया प्रेम कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

सो पिक–अपमा रहेको चिलाउने जातको जस्तो देखिने ११७ थान चिरान गरेको काठको आवश्यक कागजपत्र माग गर्दा देखाउन नसकेपछि उक्त पिकअप, चिरान काठसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक तथा प्रवक्ता ध्रुव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय धनकुटामा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा साँगुरीगढीको चारखोले गोलाईमा स्कार्पियो दुर्घटना हुँदा ५ जना घाइते

Scarpiyo=accident

धनकुटा । धनकुटा साँगुरीगढीको चारखोले गोलाईमा स्कार्पियो दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका ...