जीवन जिउने कलाको अभाव ... !

Simana khati final

जीवन सधैं एकैनासले कहाँ चल्छ र ? कहिले सोच्दै नसोचेको कुरा पनि जीवन जिउने क्रममा आइपर्छ । जुन स्वभाविक हो र न हामी हाम्रो जीवनप्रति उत्साही छौं । जीवन जिउन लालयीत छौं । हामी जन्मदेखि मृत्युसम्म एउटा निश्चित अवधी बाँच्छौं । यही अवधीमा हामीले आफ्नो बाँच्ने कला सिक्न सक्छौं । सिकाउन सक्छौं । र, अन्नतः जीवनलाई अन्तिममा मृत्युलाई हस्तान्त्रण गर्छौं । किनभने पनि जन्म नै मृत्युको सुरुवात मानिन्छ । अर्थात जन्मिएपछि मृत्यु निश्चित छ ।

आखिर समय त बितेर जान्छ नै । आज जुन क्षण हामीसँग छ, त्यो क्षण दिन बित्ने वित्तिकै हिजो भइदिन्छ । यसरी हरेक क्षण हामीसँग रहने छैन । जीवन एउटा सुन्दर प्राकृतिक अवसर हो । हामी चाहेर जन्मेका हुँदैनौं, नचाहेर पनि जन्मिदैनौं, चाहदा जन्मिदैनौँ । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो । आविष्कार हो । प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो । उपहार हो । जन्मपछि जीवन प्रारम्भ हुन्छ ।

जीवनमा खुसी रहन मानिसले के मात्र गर्दैन ? जे पनि गर्छ र गर्नु पनि पर्छ । निजी संसारमा केही परिवर्तन ल्याउनुपर्छ । कठिन परिस्थितिबाट सिर्जना भएका नकारात्मक धारणाहरू हटाएर जीवनमा सन्तुलन कायम राख्न मानिसले स्वयं आफूमा केही परिवर्तन ल्याउनुपर्छ । कतिले आफुलाई परिवर्तन गर्न नसक्दा आफैदेखि थाक्छन् र प्यारो जीवनलाई बेर्थैमा घाटसम्म पु¥र्याइदिन्छन् ।

ओशो, गौतम वुद्ध, महावीर, कृष्ण, जीसस, सोक्रेटस, प्लेटो, अरस्तु, नित्से, आइन्स्टाइन, हकिङ, फराडे, डार्विन, फ्रायड् जस्ता महान व्यक्तिहरुले बेलैमा आफुलाई बुझेर रोजाईको जीवन बाँचे । जो व्यक्तिहरु आज हाम्रा लागि प्रेरणादायी पात्र बनेका छन् ।

निश्चित अवधीका लागि जीवन लिएर आएका हामी खुसीसाथ, प्रेमपूर्वक, उमंगमय ढंगले बाँच्नुपर्ने हो । तर, हामीसँग यस्तो कला हुँदैन, जसले गर्दा क्रोध, लोभ, इष्र्या, प्रतिशोध, सत्रुता साँधेर कष्टकर जीवन बाँच्न पुग्छौं । त्यसैले त जीवनको मूल्य र मान्यतालाई बुझ्न जरुरी छ । कसरी जिउने भन्ने कुरा हामी आफैबाट सिक्न सक्छौं, अरुबाट प्रेरणा लिन सक्छौं । जीवनलाई जति कलात्मक, रचनात्मक र मूल्यवान् बनाउन सक्छौं, उत्तिकै शानदार दिनहरु बिताउन सक्छौं ।

तर, आजको समाज विस्तारै स्वार्थी हुँदै गइरहेको छ । आफ्नो जीवनलाई खुसी बनाउन अरुको जीवन हरण गर्दै जानको संख्या बढेको छ । यसले हाम्रो जीवनलाई व्यर्थ बनाई दिन्छ । अहिलेका मानिसमा संहिताको अभाव देखिँदै गएको छ  । एक–अर्काको कुरा सुन्ने क्षमतामा ¥हास आएको छ । ‘म’ लाई प्राथमिकता दिँदै आफूभन्दा अरु ठीक हुनै नसक्ने सोचको अभिवृद्धि सँगै परिवारमा हुनुपर्ने समझदारीमा समेत कमी आएको छ । माया र प्रेमको स्थान अहं र घमण्डले लिएको छ । ‘तँ भन्दा म के कम’ भन्ने अहंले गर्दा सम्झौतामा आउन नसक्दा सम्बन्धमा वैमनस्यता बढ्दै गएको छ ।

मान्छे एउटै हो । छोरा मान्छे र छोरी मान्छेको जिउने कला फरक फरक हुन्छन् । हाम्रो जस्तो समाजमा छोरी मान्छेलाई स्वतन्त्र रुपमा जिउन बाँधेको छ । जसले छोरी मान्छेको जीवन आफ्नो होइनकी भन्ने बनाइदिएको छ । यसलाई चिर्न सक्नेहरुले सहज जीवन जिउन सकेका छन् । नसक्नेहरु पुरुषको दासत्वलाई स्वीकार गर्दै या भनौं, सम्झौता गरेर बाँचेका छन् ।

जीवनका मानवीय, पारिवारिक र सामाजिक पाटाहरु छ्न् । बौद्धिकता, संवेदनशीलता र जिम्मेवारीहरु छ्न् । पढ्नुपर्ने, जागिर गर्नुपर्ने, विवाह गर्नुपर्ने, छोराछोरी जन्माउनुपर्ने, पालनपोषण गर्नुपर्ने, पढाउनुपर्ने अभिभाराहरु छन् । उत्तरदायीत्वहरु छन् ।

हरेक मानिसका इच्छा हुन्छन् । रोजाइ हुन्छन् । इच्छा र रोजाइलाई स्वयंले गहिरिएर हेर्ने, शुद्धीकरण गर्ने, मूल्यवान र अर्थपूर्ण बनाउनुपर्छ । शरीर, मन र आत्मा संयोजनमा संयुक्त शक्ति लिएर पूर्ति गर्नुपर्छ ।

कुनै बाध्यताको आभास हुँदैन । चाहना र रोजाईको काममा थकाइ हुन्न । कामैबाट खुशी, आराम र मनोरञ्जन पाउँछ । जब काम पूजा र आराधना बन्छ । त्यही आनन्द पाउँछ । त्यही काम बाध्यतावस गर्नुप¥यो भने चैन भाग्छ । जीवनलाई बाध्यात्मक ठानेर बेअर्थी बनाउने कि रोजाइ अनुसारको बाँचेर अर्थपूर्ण बनाउने आफ्नै हातमा हुन्छ तर जीवन स्वयं भने ईश्वरको हातमा हुन्छ जुन भाग्यवस अहिले हामीले पाएका छौं । लाखौं र करोडौं मध्ये एकलाई प्राप्त हुन्छ । जो अहिले हामीलाई सुन्दर अवसर प्राप्त छ ।

जीवन र प्रेम कुनै गणित र विज्ञान होइन । पहिले प्रयोगशालामा प्रयोगात्मक रूपमा प्रयोग गर्ने अनि परिणाम आएपछि स्वीकार गर्ने । प्रेमलाई जान्ने कुनै सूत्र हुँदैन । जीवनलाई प्रयोग गरेर हेर्ने कुनै प्रयोगशाला छैन। जीवन आफैंमा एक रहस्यमय प्रयोगशाला हो, यसलाई अनभूति मात्र गर्न सकिन्छ । अनुभूति र अनुभवको नाम नै जीवन हो ।

जीवन एउटा सुन्दर प्राकृतिक अवसर हो । हामी चाहेर जन्मेका हुदैनौं, नचाहेर पनि जन्मदैनौं, चाहदा जन्मदैनौँ । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो । आविष्कार हो । प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो । उपहार हो । जन्मपछि जीवन प्रारम्भ हुन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...