धनकुटाको भेडेटारमा भेटियो ५१ केजी गाँजा, २ जनालाई पक्राउ

धनकुटा । प्रहरीले धनकुटाको भेडेटार चोकमा ५१ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
आज बिहान ९ बजेतिर तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीलाई चेकजाँच गर्दा गाडीको छतमा एउटा जेब्रा झोला र दुई वटा बोरामा राखिएको लागुऔषध गाँजा ५१ केजीसहित २ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, भेडेटारबाट खटिएको टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६, भेडेटार चोकमा चेकिङ गर्ने क्रममा सो इभि गाडीमा सवार यात्री धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. ७ बस्ने २६ वर्षीय लक्ष्मी राईलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रशरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
प्रहरीले सो इभी गाडी चालक तेह्रथुम, म्याङलुङ नगरपापलका वडा नं. ७ बस्ने ३७ वर्षीय प्रकाश गुरुङसमेत अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । धनकुटा प्रहरीले पछिल्लो समयमा धनकुटाका विभिन्न स्थानहरुबाट भारी मात्रामा गाँजा बरामद गरिरहेको छ ।
प्रतिकृया दिनुहोस