काठमाडौं । थ्रीस्टार क्लबले तेस्रो स्थानमा रहेर शहिद स्मारक ए डिभिजन लिग फुटबलको यात्रा सकेको छ । अन्तिम खेलमा आइतबार हिमालयन शेर्पा क्लबमाथि २–० को जित निकाल्दै थ्रीस्टारले तेस्रो स्थानमा रहेर लिग सकाएको हो । थ्रीस्टारलाई जिताउन २८ औं मिनेटमा बुद्धराज लिम्बु र ८९ औं मिनेटमा रञ्जन विष्टले गोल गरे...