भक्तपुरमा सप्ताहव्यापी खेलकुद सुरु

Spostr vaktapur

भक्तपुर । भक्तपुरमा खेलकुद सप्ताह २०७५ सुरु भएको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुरको आयोजनामा आइतबारदेखि सप्ताह सुरु भएको हो । सो प्रतियोगिता बिहीबारसम्म हुनेछ ।

सप्ताहको पहिलो दिन क्यारेम, चेस, टेवलटेनिस, भलिबल लगायतका खेलहरु सुरु भएका छन् । यसबाहेक प्रतियोगितामा फुटबल, बास्केटबल, व्याडमिन्टन, कवर्डी, म्याराथन, टग अफ वार, एथलेटिक्स, लंग जम हाइजम, सर्ट फुटलगायतका खेलहरु हुने छन् ।

खेलकुद सप्ताह २०७५ का संयोजक एवं आयोजक नेपाल इन्जिनियङि कलेजका उपप्राचार्य दीपक धामीले सम्पूर्ण विद्यार्थीहरु खेलकुद गतिविधिमा संलग्न रहेको बताए । कलेजमा झण्डै देशभरका दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । विजयी विद्यार्थीलाई मेडल, टफी, सर्टिफिकेट दिने व्यवस्था रहेको खेलकुद सप्ताहका उपसंयोजक संकल्प पोखरेलले जानकारी गराए ।

प्रतिकृया दिनुहोस