इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा टुंगियो

Livar

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । गएराति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हराएको हो । खेलमा सिटीका लागि सर्जियो अगुएरो र लेरोए सानेले एक–एक गोल गरे ।

लिभरपुलका रोबर्टो फर्मिनोले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले लिभरपुलसँगको अन्तर चार अंकमा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको टोटनह्याम हट्सपरको ४८ अंक छ । ४४ अंकका साथ चेल्सी चौथो, ४१ अंकका साथ आर्सनल पाँचौ तथा ३८ अंकका साथ म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...