सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज उपविजेताका लागि खेल हुँदै

Football

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । लिगको १२ औं चरणको अन्तिम दिन मनाङ्गले हिमालयन शेर्पा र संकटाले थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साँढे २ बजे हुने खेलमा संकटा र थ्री स्टारबीच खेल हुनेछ । आज हुने खेलमा लिगको उपविजेता को बन्छ भन्नेमा केन्द्रित रहनेछ ।

लिगमा दुई चरणको मात्र खेल बाँकी रहदाँ थ्री स्टार र संकटा जित निकाल्दै उपविजेता बन्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् । संकटा २५ अङ्क सहित दोस्रो स्थानमा छ । थ्री स्टार २३ अङ्क सहित तेस्रो स्थानमा छ ।

अर्को खेलमा मनाङले हिमालयन शेर्पासंगै खेल्नेछ । लिगको एघारौ चरणको खेलसम्म शतप्रतिशत जित निकाल्दै उपाधि जितेको मनाङ्ग सोही प्रर्दशनलाई अन्तिम खेलसम्म लैजान चाहन्छ । मनाङ्गले ११ खेलबाट ३३ अङ्क जोड्दै उपाधि सहित शीर्ष स्थान कब्जा गरिसकेको छ । शेर्पा क्लब ११ अङ्क सहित तालिकाको सातौ स्थानमा छ । शेर्पालाई समेत शीर्ष ६ भित्र पर्न मनाङविरुद्वको खेल महत्वपुर्ण छ ।

प्रतिकृया दिनुहोस