ए डिभिजन लिग फुटबलमा मनाङ र संकटा बिजयी

Football

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले अपराजित यात्रालाई कायमै राखेको छ । आज भएको खेलमा यसअघिकै लिग च्याम्पियन बनिसकेको मनाङले हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले पराजित ग¥यो ।

मनाङको जितमा आलावाले र विशाल राईले गोल गर्नुभयो । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल फर्काउनुभयो । जितसँगै मनाङले १२ खेलबाट ३६ अंक जोडेको छ । पराजित हिमालयन शेर्पा ११ अंक सहित तालिकाको सातौं स्थानमा छ । त्यस्तै आजै भएको अर्को खेलमा, थ्री स्टार क्लब पराजित भएको छ । थ्री स्टार सीएमजी संकटा क्लबसंग २–१ गोल अन्तरले पराजित भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरुवाती अग्रता जोगाउन नसक्दा थ्री स्टार पराजित भयो । संकटालाई जित दिलाउन अमित तामाङले दुई गोल गरे । थ्री स्टारका रन्जन बिष्टले एक गोल गरे जितसँगै संकटाले लिगको दोस्रो स्थान पक्का गरेको छ । लिगको उपविजेता बनेको संकटाले १२ खेलबाट २८ अंक जोडेको छ । संकटा शीर्ष स्थानको मनाङ भन्दा ८ अंकले पछि छ । तर, संकटा तेस्रो स्थानको थ्री स्टार भन्दा ५ अंकले अघि छ । थ्री स्टारको २३ अंक छ । यस्तै लिगमा एक खेल बाँकी रहदा थ्री स्टारलाई तेस्रो स्थानमा रहन अन्तिम खेल जित्नै पर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...