डीपीएलमा ६ खेलाडी बने सर्वाधिक महंगा

Dpl 3

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ललित भण्डारी, ललित राजवंशी, पवन सराफ र भीम सार्कीमाथि महंगो बोली लागेको छ । ६ खेलाडी सर्वाधिक महंगा खेलाडी बनेका छन् ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आज आयोजना गरेको खेलाडी खरिद बिक्री (अक्सन) मा ६ खेलाडी महँगो मुल्यमा बिक्रि भएका छन् ।

अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललित सिंह भण्डारी, भिम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम मुल्यमा बिक्रि भए । ६ खेलाडी अधिकतम मूल्य २ लाख ५० हजार हजारमा बिक्रि भएका हुन् ।

टी ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ ।

पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिता आगामी माघ २६ गतेबाट धनगढीमा आयोजना हुँदैछ । देशकै सर्वा्धिक पुरस्कार राशीको डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।

बिक्री भएका अन्य खेलाडी

अविनाश बोहरा 

राष्ट्रिय टिममा पहिलो पटक परेका खेलाडी २२ वर्षीय खेलाडी बोहरालाई १ लाख ७० हजार रुपैयाँमा महेन्द्रनगर युनाइटेडले किन्यो ।

कुशल भुर्तेल 

भैरहवाका खेलाडी दायाँ हाते ब्याट्सम्यान र बलर १ लाख ६० हजारमा विराटनगरले किन्यो ।

सौरभ खनाल

एक लाख बेस प्राइस रहेक खनाललाई धनगढी स्टार्सले १ लाख ६० हजारमा किनेको छ ।

हरिबहादुर चौहान 

चाैहानलाई ९५ हजार रुपैयाँमा  चौहानलाई धनगढीले लिएको छ ।

सन्दिप सुनार 

८० हजार बेस प्राइस रहेका सुनारलाई १ लाख १० हजारमा रूपन्देहीले किनेको छ ।

अमित श्रेष्ठ

बेस प्राइस ५० हजार रुपैयाँ रहेका श्रेष्ठलाई १ लाख ८० हजारमा धनगढीले किनेको छ ।

किशोर महतो
बेस प्राइस ७० हजार रुपैयाँ रहेका महतोलाई १ लाखमा विराटनगरले किनेको छ ।

विक्रम भुषाल 

७० हजार बेस प्राइस रहेका भुषाललाई १ लाख ६० हजारमा काठमाडौंले खरिद गरेको छ ।


मोहम्मद आरिफ शेख

बेस प्राइस १ लाख रहेका शेखलाई महेन्द्रनगरले २ लाख ५० हजारमा ड्रबाट टिममा लियो ।

रासिद खान

रासिद खानलाई १ लाख ७० हजार काठमाडौंले लिएको छ ।

अमरसिंह राउटेला

राउटेलालाई  १ लाख २० हजारमा महेन्द्रनगरले किनेको छ ।

मोहम्मद आशिफ शेख 

बेस प्राइस १ लाख रुपैयाँ रहेका शेखलाई  १ लाख ८० हजारमा विराटनगरले किनेको छ ।

भुवन कार्की

१ लाख बेस प्राइस रहेका कार्कीलाई  सीवाईसी अत्तरियाले २ लाख १० हजारमा खरिद गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...