सहिद स्मारक ए डिभिजन लिगः एपीएफले पुलिसको सामना गर्ने

Football

काठमाडौं  । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ खेल हुँदैछन् । आज विभागीय डर्बिमा एपीएफले नेपाल पुलिसको सामना गर्दा अर्को खेलमा च्यासल र सरस्वती प्रतिस्पर्धामा उत्रनेछन् ।

आजका दुबै खेल दिउँसो साडे २ बजे सुरु हुनेछ । हल्चोकस्थितघरेलु मैदानमा एपीएफ, छैठौ जितसंगै २ स्थान माथी चढ्ने योजनामा छ । एपीएफलाई हराउन सके, पुलिसले थ्रीस्टारसंगको अंक दुरी १ मा झार्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सरस्वतीबिरुद्ध मैदान उत्रदा च्यासल पाँचौ जितसँगै २ स्थानको सुधारको योजनामा छ । च्यासल १५ अंकमा तालिकाको आठौँ स्थानमा छ ।

च्यासललाई पराजित गर्न सके, दशौँ स्थानमा रहेको सरस्वतीले तालिकामा एक स्थान सुधार गर्नेछ । लिग अन्र्तगत १२ औं चरणका अन्तिम २ खेलमा भोलि दोस्रो स्थानको होडमा रहेका संकटा र थ्रीस्टार तथा लिग च्याम्पियन मनाङ मर्स्यांदी र हिमालयन शेर्पा क्लब आमने सामने हुनेछन् ।

प्रतिकृया दिनुहोस