इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित

Manchester 1

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले न्युक्यासललाई दुई शुन्य गोलले हरायो ।

न्यूक्यासलको घरेलु मैदानमा भएको खेल रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ६४ औं मिनेटमा सब्सिच्युट खेलाडी रोमेलु लुकाकुले गोल गर्दै पाहुना टिम युनाईटेडलाई अग्रता दिलाए । त्यसपछि ८० औं मिनेटमा मार्कुस रासफोर्डले दोस्रो गोल गरे ।

जितपछि युनाईटेडका प्रशिक्षक गुनरले आफु क्लव छोड्न नचाहेको प्रतिक्रिया दिएका छन । खेलाडीले पछिल्ला चार खेलमा जस्तो प्रदर्शन गरेका छन, त्यो आफ्ना लागि निकै उत्साहजनक रहेको भन्दै सबै खेलाडीको खुलेर प्रंशसा गरे ।

यता अर्को खेलमा चेल्सी भने बटम थ्री मा रहेको क्लव साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो । जितपछि युनाईटेडले २१ खेलबाट ३८ अंक बनाएको छ भने चेल्सीको ४४ अंक छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा महत्वपूर्ण जित निकाल्दै बर्नली रेलिगेशन जोनबाट माथि उक्लिएको छ ।

अवे मैदानमा भएको खेलमा बर्नलीले पहिलो १० खेलाडीमा सीमित भएको हडर्ल्सफिल्ड टाउनलाई २–१ ले हराएको हो । खेलमा अग्रता हडर्ल्सफिल्डले लिएको भए पनि जित बर्नलीले दर्ता गरेको हो ।

३३ औँ मिनेटमा स्टिभ मुनिएले गोल गर्दै हडर्ल्सफिल्ड टाउनलाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा एशली वेस्टवुडले बर्नलीका लागि बराबरी गोल फर्काए । ४१ औँ मिनेटमा क्रिष्टोफर शिन्डलर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि हडर्ल्डफिल्ड १० खेलाडीमा सीमित भयो ।

७४ औँ मिनेटमा एशली बार्न्सले गोल गरेपछि बर्नलीले २–१ को जित दर्ता गरेको हो । ९० औँ मिनेटमा रोबी ब्रेडी सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अन्तिमको इन्जुरी समयमा बर्नली पनि १० खेलाडीमा सीमित भयो ।

महत्वपूर्ण जितपछि रेलिगेशन जोनबाट बाहिर आएको बर्नली २१ खेलबाट १८ अंकसहित १६ औँ स्थानमा पुगेको छ । पुछारको हडर्ल्डफिल्डको १० अंक छ । बुधबार राति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले वुल्भ्सलाई २–० ले हराएको छ भने चेल्सी साउथह्याम्पटनसँग गोलरहित तथा बोर्नमाउथ वाट्फोर्डसँग ३–३ को बराबरीमा रोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...