धनगढी प्रिमियर लिग अक्सन आज : कुन टिममा को को आबद्ध होलान् त ?

Dhandgadi ppl

काठमाडौं । धनगढी प्रिमियर लिग डीपीएलको खेलाडी अक्सन आज हुने भएका छ । सो लिगको अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् ।

टी(ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

अघिल्ला संस्करणमा खेलाडीलाई आयोजकले वर्गिकरण गरेर चार श्रेणीमा राखेर अक्सनमा बोलि लगाइथ्यो भने यसपटक खेलाडी दर्ता गर्दा नै उनीहरुले आफू कुन श्रेणीको खेलाडी भनेर छुट्याएर फर्म भरेका छन् ।

जसका कारण यसपटकको अक्सन खुल्ला रुपमा गरिने भएको छ । जसमा हरेक टिमले आफूलाई चाहिएको खेलाडीमा बोली लगाउनेछन् ।

टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

यसपटकको अक्सनमा खेलाडीको बेस प्राइस ३० हजारदेखि दुई लाख ५० हजारसम्म तोकिएको छ । अन्नपूर्ण होटेलमा बिहान ११ बजेबाट हुने अक्सन अगाडि हरेक टिमको मार्की खेलाडीको पनि फाइनल हुनेछ ।

यसपटकको डीपीएलमा अघिल्लो संस्करणमा रहेका मार्की खेलाडी पनि परिवर्तन हुने भएका छन् । प्रतियोगितामा सहभागी ६ टिममा ५ टिमको मार्की खेलाडी फाइनल जस्तै भइसकेको छ भने रुपन्देहीको बाँकी रहेको छ ।

अघिल्लो संस्करणका रुपन्देहीका कप्तान शक्ति गौचनले क्रिकेटबाट सन्यास लिइसकेको अवस्थामा उनको स्थानमा नयाँ मार्की खेलाडी छनोट गरिनेछ ।

अघिल्लो संस्करणमा स्ट्राटेजिक खेलाडीः

विराटनगरको किंग्स - पारस खड्का
सीवाइसी अत्तरीया - दिपेन्द्रसिंह ऐरी
काठमाडौं गोल्डेन्स - ज्ञानेन्द्र मल्ल
महेन्द्रनगर युनाईटेड - विनोद भण्डारी
रुपन्देही च्यालेञ्जर्स - शक्ति गौचन
टिम चौराहा धनगढी - सोमपाल कामी

यसपटकको डीपीएलको अक्सनमा दुई सयभन्दा बढी खेलाडी समावेश छन् । नेपाल र यूएईबीचको अन्तरराष्ट्रिय एक दिवसीय र टी–२० सिरिजका कारण यो प्रतियोगिता एक साता पछाडि सरेको थियो । जसका कारण अक्सन पनि एक साता पछि धकेलिएको हो ।

यसपटकको विजेताले पाउने पुरस्कार रकमको घोषणा हुन बाँकी रहेको छ । यसअघि डीपीएलको विजेताले २५ लाख रुपैयाँ पाएको थियो ।

तेस्रो संस्करणसम्म आइपुग्दा टिम चौराहा धनगढीले दुई पटक उपाधि जितेको छ । पहिलो संस्करणको उपाधि पारस खड्काको कप्तानीमा जितेको थियो भने दोस्रो संस्करणको सोमपाल कामीको कप्तानीमा उचालेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...