त्रिभुवन विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाको रूपमा विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

Deuba

काठमाडौ।  प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताएका छन्। त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्ष देउवाले आगामी वर्षको बजेट तथा कार्यक्रमले विश्वविद्यालयको प्राज्ञिक स्तरलाई उकास्न तथा विभिन्न भौतिक सुधारमार्फत विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताए।

समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्चशिक्षा प्राप्त गरी समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु राष्ट्रिय दायित्व रहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी यसका प्राज्ञिक कार्यक्रमलाई थप सुधार र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक रहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...