धनकुटाको महालक्ष्मी नगरपालिकाका विद्यालय व्यवस्थापन समिति र अभिभावकले जनाए शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता

Mahalxmi nagarpalika dkt

धनकुटा । देशभरका शिक्षकहरुले पेशागत हितका लागि कानुन निर्माण गर्नुपर्ने भन्दै काठमाडौंमा आन्दोलन गरिरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाका अभिभावकले शिक्षकहरको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । साथै उनीहरुले विद्यालयबाट एक जना प्रतिनिधि काठमाडौं गई अरु शिक्षकहरुले विद्यालय संचालन गर्न पनि माग गरेका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा संचालित सामुदायिक विद्यालयका व्यावस्थापन समिति अध्यक्ष, सदस्य र अभिभावकहरुले शिक्षकहरुको माग प्रति समर्थन रहेको उल्लेख गरेका छन् । तर उनीहरुले भोलीबाट विद्यालय भने संचालन गर्न माग गरेका छन् ।

विद्यार्थीहरुको पढाईप्रति आफूहरु संवेदनशील रहेकोले एक एक जना प्रतिनिधि आन्दोलनमा गएर अन्य शिक्षकले भने शैक्षिक गतिविधी संचालन गराउन उनीहरुले माग गरेका हुन् । शिक्षक महासंघले अनुरोध गरे अभिभावक, विद्यालय व्यावस्थापन पदाधिकारीहरुले भौतिक तथा आर्थिक सहयोग गर्न प्रतिवद्ध रहेको समेत विज्ञप्तीमा जनाइएको छ ।

शिक्षक महासंघले शिक्षकहरुको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको थियो । शिक्षक आन्दोलनलाई सहयोग गर्न अभिभावकहरुलाई शिक्षक महासंघले आव्हान गरे आम अभिभावक, विद्यालय व्यवस्थापन समिति र पदाधिकारीहरु मिलेर भौतिक तथा आर्थिक सहयोग गर्नसमेत प्रतिवद्ध रहेका उल्लेख गरिएको छ ।

यसरी आन्दोलनरत शिक्षकहरुको मागप्रति समर्थन जनाउनेहरुमा जनता मावि, जितपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराज लुङ्गेली, श्री मा. वि परिखाप्राङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर कटुवाल, जनता मावि जितपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिकाराम श्रेष्ठ, लालिगुरास आवासीय विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पदमराज निरौला, चानुवा मा.वि. व्यवस्थापन समिति अध्यक्ष तेजकुमार श्रेष्ठ, सिहदेवी मा.वि. विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिकबहादुर भण्डारी र सदस्य चेतबहादुर भण्डारी छन् ।

त्यसैगरी राम मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधनाथ काफ्ले, रामवेनी आवासीय विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विरेन्द्र खडका, जनता मा. वि का अभिभावक ओमकुमार कुवँर, जनता मा.वि. निगालेका अध्यक्ष नगेन्द्र पौडेल, युवा जनसहभागिता आवासीय विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद दाहाल, नविन शिक्षा सदन डाडागाउँ मा.वि. व्यवस्थापन समिति अध्यक्ष विष्णु विक्रम पौडेल, सरस्वति मा.वि. व्यवस्थापन समिति अध्यक्ष राम राया र सरस्वती मा.वि.व्यवस्थापन समिति अध्यक्ष चानुवाका शुक्र बहादुर बुढाथोकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...