धनकुटामा १ हजार केजी गाँजा जलाइयो, प्रतिबन्धित लागु औषध पनि गरियो नष्ट

धनकुटा । धनकुटामा झण्डै ९९९ केजी अवैध लागु औषध गाँजा र प्रतिबन्धित लागुपदार्थ नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको गाँजा र लागुऔषध शनिबार बिहान आगो लगाएर नष्ट गरेको हो ।
प्रहरीले धनकुटा नगरपालिका वडा नं. ९, स्थित तमोर नदी किनारमा गाँजा र प्रतिबन्धित लागु औष नष्ट गरेको जलाएर नष्ट गरेको थियो । प्रहरीले नौ सय ९९ केजी एक सय ८ ग्राम अवैध लागु औषध गाँजा जलाएर नष्ट गरेको हो ।
प्रहरीले उक्त लागु औषध गाँजा र प्रतिबन्धित लागु औषध धनकुटाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय नागरिकको रोहवरमा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।
उक्त विभिन्न समयमा बरामत भएको गाँजा र लागु औषध प्रहरीले आवश्यक प्रक्रिया पु¥याइ नष्ट गरेको प्रहरीले बताएको छ । धनकुटामा प्रहरीले पछिल्लो समय अवैध लागु औषध गाँजासहित र लागु औषध ओसारपसार गर्न प्रयोग भएको गाडी समेत नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस