महालक्ष्मी नगरपालिकाको निर्णयविरुद्ध उत्रियो प्याप्सन र एनप्याप्सन, निर्णय नसच्याए कानुनी उपचार खोज्ने चेतावनी

Papson news dkt

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला प्याप्सन र एनप्याप्सनले पनि विरोध जनाएको छ ।

प्याप्सन र एनप्याप्सनले आज संयुक्त पत्रकार सम्मेलन गर्दै महालक्ष्मी नगरपालिकाले संविधान विपरित काम गरेको भन्दै त्यसलाई तत्काल सच्याउन आग्रह गरेको छ । यदी महालक्ष्मी नगरपालिकाले आफ्नो निर्णय नसच्याए कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी पनि दिएको छ ।

महालक्ष्मी नगरपालिकाका अध्यक्ष ध्रुवराज रायले सोमबार सूचना जारी गर्दै अन्य पालिकाहरुका नीजि विद्यालयहरुले सवारीसाधन प्रयोग गरी विद्यार्थी लैजान नपाउने उल्लेख गर्नुभएको थियो । तर नगरपालिकाको उक्त निर्णयप्रति विभिन्न टिकाटिप्प्णीहरु भइरहेका बेला प्याप्सन र एनप्याप्सनले महालक्ष्मप् नगरपालिकाको उक्त निर्णयको प्रतिरोध गर्ने जनाएको छ ।

सो पत्रकार सम्मेलनमा प्याप्सन धनकुटाका अध्यक्ष प्रेम सुब्बाले पालिकाले उक्त निर्णय नसच्याए कानुनी र अन्य उपायहरु अवलम्बन गरिने चेतावनी दिए । अध्यक्ष सुब्बाले पढ्न पाउने बालबालिकाको अधिकार पालिकाले हहन् गरिरहेका कारण तत्काल पालिकाको निर्णय सच्याउन आग्रह गरे ।

सो पत्रकार सम्मेलनमा धनकुटाका विभिन्न नीजि विद्यालयका सञ्चालकहरु र प्रिन्सिपलहरु सहभागी भएका थिए । उनीहरुले जुनसुकै पालिकालका सामुदायीक विद्यालयहरुले पढाईमा सधार ल्याए कसैले पनि पैसा खर्च गरेर नीजिमा जान नचाहे बताए । उनीहरुले महालष्मी नगरपालिकाले चालेको कदम नै गलत नियतबाट चालिएको आरोपसमेत लगाए ।

हाल महालक्ष्मी नगरपालिकासँग सीमाना जोडिएको धनकुटाको छथरजोरपाटी गाउँपालिका, पाख्रिबास नगरपालिका, तेह्रथुमको लालीगुराँस नगरपालिका, संखुवासभाको धर्मदेवी नगरपालिका र भोजपुरको अरुण गाउँपालिकाका नीजि विद्यालयहरुले स्कुल बसमार्फत सो क्षेत्रका विद्यार्थीहरु लिन स्कुल बस आउने गरेका छन् । महालक्ष्मी नगरपालिकाभित्र ४५ वटा सामुदायीक विद्यालय छन् । ती सबै विद्यालयको शैक्षिक सुधारका लागि निजी विद्यालयका बसहरु सञ्चालनमा रोक लगाएको नगरपालिकाको दावी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...