शिक्षक आन्दोलन नरोकिँदा रोकियो कक्षा १२ को परीक्षा, अब वैशाख २१ गतेदेखि हुने

काठमाडौं । बैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । अब कक्षा १२ को ने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको छ ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।
कर्मचारी खटाएर परीक्षा सञ्चालन गर्ने भनेपछि २१ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई परीक्षा बहिष्कार गर्दै आन्दोलनमा सहभागी हुन काठमाडौं बोलाएको थियो ।
चैत २० देखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन जारी राखेकै अवस्थामा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएपछि परीक्षा अन्योलमा परेको थियो ।
चौतर्फी आलोचना भएपछि बोर्डले परीक्षा पछि सार्न बाध्य भएको छ । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्ने परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।
मंगलबार बिहान बसेको बोर्ड बैठकले शिक्षकलाई परीक्षामा सहभागी हुन आग्रह गर्दै सहभागी नभए कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएपछि बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए । लगत्तै बोर्डले १० दिन परीक्षा सार्ने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस