एकीकृत समाजवादी भन्छ, नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र

Ekikrit samajbadi

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पतञ्जलिको काभ्रेपलाञ्चोकस्थित जग्गा बिक्री प्रकरणमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री हुँदा कुनै भ्रष्टाचार नगरेको निष्कर्ष निकालेको छ ।

साथै अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।

पतञ्जलिको काभ्रेपलाञ्चोकस्थित जग्गा बिक्री प्रकरणमा अध्यक्ष नेपालले प्रधानमन्त्री हुँदा कुनै भ्रष्टाचार नगरेको निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालमाथि मुद्दा लगाएपछि बसेको सचिवालय बैठकले राजीतिक प्रतिशोध र षड्यन्त्र भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

कानुन व्यवसायीसमेत बसेर गरेको छलफलमा समाजवादीले अध्यक्ष नेपालबाट कुनै किसिमको भ्रष्टाचार नभएको निचोड निकालेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । ‘अध्यक्षमाथि मुद्दा लगाउनु राजनीतिक प्रतिशोध लिँदै षडयन्त्रमूलक प्रहार भएको निष्कर्ष छ,’ ज्वालाले भने, ‘हामी यसलाई राजनीतिक रुपमा प्रतिवाद गर्छौं ।’

पदाधिकारी बैठकले नेपालविरुद्ध अख्तियारमा मुद्दा दर्ता भइसकेकाले तथ्य प्रमाण जुटाएर कानुनी रुपमा अघि बढ्ने निर्णय गरेको छ । उनले अध्यक्षलाई मुद्दा लाग्दैमा पार्टी नसुस्ताउने बताए । ‘हाम्रो पार्टी जुन ऊर्जा र सक्रियताका साथ लागेको छ, त्यसरी नै अघि बढ्छ’, उनले भने, ‘हामीबाट राजनीतिक र कानुनी प्रतिरोध दुवै हुन्छ । हामीले कानुन व्यवसायी साथीहरूसँग पनि सल्लाह गरेका छौँ । माधव नेपालविरुद्धको मुद्दा अदालतमा टिक्दैन ।’

एकीकृत समाजवादीले मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णय हालसम्म अख्तियारले नहेरेको उल्लेख गर्दै नेपालमाथि मुद्दा लगाउनुमा सरकारको छाया अख्तियारमा परेको दाबी गरेको छ ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष नेपालसहितलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तमोर करिडोर अन्तर्गत धनकुटाको भगुवा खोलामा ट्याङकर दुुर्घटना हुँदा चालक घाइते

Tyankar accident

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर १ भगुवा खोलामा पानी बोक्ने खाली ट्याङकर दुुर्घट...