आईसीसी क्रिकेट विश्वकप लिग २ मा चुक्यो नेपाल, स्कटल्याण्डसँग २ रनले पराजित

Dipendra sompal

काठमाडौं । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गरे पनि नेपालले विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डसँगको खेलमा नेपाल २ रनले पराजित भएको छ ।

नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा सवैभन्दा ठुलो विजय रन लक्ष्य पछ्याउने क्रमको नेपाल नजिक पुगेर रोकिएको छ । सोमबार मात्र नेपालले स्कटल्यान्डमाथि नै २ सय ९७ रनको लक्ष्य पछ्याउदै १ विकेटको जित हात पारेको थियो, जुन यसअघिको सवैभन्दा विजय लक्ष्य पछ्याएको कीर्तिमान थियो ।

नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो । लिग २ मा १५ खेल खेलेको नेपाल १० अंकमा सीमित छ । स्कटल्याण्डको १७ खेलबाट २२ अंक भएको छ ।

लिग २ मा ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोलीले सन् २०२७ को ओडिआई विश्वकपको छनोटमा सोझै स्थान बनाउने छन् ।

स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भयो । भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए पनि अन्त्यमा स्कटल्याण्ड भाग्यमानी साबित भयो ।

बलियो लक्ष्य पछ्याउँदा नेपालको १८३ रनमा ६ विकेट गुमेपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मिलेर सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै सम्भावित शानदार जितको नजिक पुर्‍याएका थिए । तर दिपेन्द्र ४७औं तथा सोमपाल ४८औं ओभरमा आउट भएपछि करण केसी र सन्दीप लामिछाने माथि जिम्मेवारी आएको थियो ।

अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक छँदा करण केसी स्ट्राइकमा थिए र अनुभवी बलर सफिया शरिफ बलिङमा आए । ्पहिलो बलमा २ रन लिएर दोस्रो बल डट फेस गरेका करण तेस्रो बलमा क्याच आउट भएपछि नेपाललाई ३ बलमा ५ रन आवश्यक भयो ।

ललित राजवंशीले ब्याटबाट मिस गरेपनि बाइको रन लिँदा सन्दीप स्ट्राइकमा आए र उनले पनि १ रन लिएपछि नेपाललाई अन्तिम बलमा ३ रन आवश्यक थियो । अन्तिम बलमा ललित बोल्ड भए ।

नेपाल एक साताभित्रै अर्को कीर्तिमानी जितबाट चुकेको हो । नेपालले ३०० भन्दा माथिको लक्ष्य हालसम्म पूरा गर्न सकेको थिएन । स्कटल्याण्डसँग गत साता भएको खेलमा २९७ रनको लक्ष्य पूरा गर्दै कीर्तमान बनाएको नेपाललाई आज त्यो कीर्तिमान तोड्ने अवसर थियो ।

नेपालका भीम सार्कीले सर्वाधिक ७३ रन बनाउँदा सोमपालले ६७ र दिपेन्द्रले ५६ रन बनाए । स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ तथा शफिया शरिफ र माइकल लिस्कले २/२ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १/१ विकेट लिए ।

त्यसअघि कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कको विस्फोटक फिनिसिङमा स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको बलियो योगफल खडा गरेको थियो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।

कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए । माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए ।

नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ललित राजवंशीको नाममा १ विकेट रह्‍यो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...