धनकुटा नगरभित्रका सबै वडामा सकियो न्यायिक समिति र न्याय सम्पादन सम्बन्धि १ दिने

धनकुटा । धनकुटा नगरपालिकाभित्र सामुदायिक मेलमिलाप न्यायिक समिति र न्याय सम्पादन सम्बन्धि १ दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पालिकाभित्र सञ्चालन गरिएको सामुदायिक मेलमिलाप न्यायिक समिति र न्याय सम्पादन सम्बन्धि १ दिवसीय अभिमुखीकरण कार्यक्रमको आज औपचारिक रुपमा समापन गरिएको छ ।
आज धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालको सभापतित्वमा भएको सो समापन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, कार्यपालिका सदस्य तथा न्यायीक समिति सदस्य मनुकला लिम्बु, कार्यपालिका सदस्य रेजिना हिङ्माङ, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष अम्बिका धमला, दलित एकता समाज धनकुटाकी अध्यक्ष कोपिला शंकर लगायतले बोल्नु भएको थियो ।
बैशाख ९ गते धनकुटा नगरपालिका वडा नं. ८ बाट शुरु भएको पालिकाभित्र सामुदायिक मेलमिलाप न्यायिक समिति र न्याय सम्पादन सम्बन्धि १ दिवसीय अभिमुखीकरण कार्यक्रम धनकुटा नगरपालिकाका ९ वटा वडाहरुमा सञ्चालन गरिएको थियो ।
धनकुटा नगरपालिका वडा नं. ५ ले भने प्राविधिक कारण जनाउँदै आफ्नो वडामा पालिकाभित्र सामुदायिक मेलमिलाप न्यायिक समिति र न्याय सम्पादन सम्बन्धि १ दिवसीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न नसकेको बताइएको छ ।
सो पालिकाभित्र सामुदायिक मेलमिलाप न्यायिक समिति र न्याय सम्पादन सम्बन्धि १ दिवसीय अभिमुखीकरण कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, अधिबक्ता हिमा बस्नेत, मुकन्द भण्डारी र धनबहादुर खड्काले सहजीकरण गरेका थिए ।
धनकुटा नगरपालिकाको न्यायीक समितिको आयोजनामा भएको पालिकाभित्र सामुदायिक मेलमिलाप न्यायिक समिति र न्याय सम्पादन सम्बन्धि १ दिवसीय अभिमुखीकरण कार्यक्रममा धनकुटा नगरपालिका भित्रका झण्डै सात सय नागरिकहरुलाई न्याय सम्पादन, न्यायीक समितिका काम कर्तव्य र अधिकार र सामाजिक सचेतनाका विषयमा जानकारी गराइएको धनकुटा नगरपालिकाको न्यायीक समिति उजुरी प्रशासक रिता पाण्डेले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस