काठमाडौंँ,। सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा १३ कलाकारका प्रिन्टमेकिङ छापाचित्रण कलाको प्रदर्शनी आइतबारदेखि सुरु भएको छ । नेपाली संस्कृति, प्रकृति, समाज तथा मानव विषयमा कलाकारले कलाकृति बनाएको छ । प्रदर्शनी एक हप्तासम्म रहने जनाइएको छ । अग्रज कलाकार वीरेन्द्रप्रताप सिंहले प्रदर्शनी उद्घाटन गर्दै...