अहिलेका तीजका गीत रत्यौली कै जस्ता

छाडापन र भड्किला तीज गीतले बजार पिट्दैछ

Jama

काठमाडौं । हिन्दु नारीहरु हरितालिका तीजको पखाईमा छन् । कहिले तीज आउँला र कम्मर मर्काएर नाचौला भनेर बस्ने नेपाली नारीहरु १ महिनादेखि नै तीजमा रमाइरहेका हुन्छन् । त्यसमा पनि तीन महिनाअघिदेखि नै साना ठूला कलाकारहरुलाई तीजको चटारोले छुने गरेको छ ।

यसैक्रममा पछिल्ला दिनमा नारीहरुका वेदना भन्दा पनि उलरठेउला र भड्किला गीत बजारमा आउन थालेका छन् । जसले गर्दा तीज गीतको मर्म नै हराउन थालेको छ ।

तीज भन्ने वित्तिकै महिलाहरुले आफ्ना सुखदुःख साट्ने चाडको रुपमा लिइन्छ । तर, आजभोली त तीजका नाममा छाडा र अपाच्य गीत बजारमा आउन थालेका छन् । त्यस्तै गीतमा आजका युवा पुस्ता रमाइरहेका छन् ।

केही वर्ष अघिसम्म गायीका कोमल ओलीले पोइला जाम शिव पोइला जान पाम भन्दा नेपाली नारहिरुले जिव्रो टोक्थे । तर, अहिले त ‘काँचो केरा’ भन्ने सम्मका गीत बजारमा आएका छन् ।

त्यति मात्र होइन, पहिले पीडा र वेदनाका गीत बज्ने एफएम, टेलिभिजन र युट्युवहरुमा रमाइलोको नाममा रत्यौली शैलीका गीतले स्थान पाउन थालेका छन् । अहिले त्यस्तै उत्ताउलो शैलीके गीतले बजार पिटेको छ ।

बजारमा त्यसै पनि ज्योती मगरको गीतको चर्चा हुने गर्छ । त्यसका पनि मगरले प्रस्तुत गर्ने ग्ल्यामर पहिरनले सबैको ध्यान खिच्ने गर्छ । अहिले फेरि तीजको गीतको रुपमा आएको ‘केरा काटेर’ बोलको गीतले बजार पिटेको छ । गामबेशी म्युजिकले तीजको कोशेली भनेर बजार ल्याएको छ । तर, यो गीत तीजलाई भन्दा रत्यौलीलाई ठीक हुने आम बुझाई छ । सो गीतमा उनी आफैंले अभिनय गरेकी छन् । ज्योती मगरलाई तिलक वलीले स्वरमा साथ दिएका छन् ।

त्यसो त जमाना पनि परिवर्तन भएको छ । पहिलेका नारहिरुले पीडा र हिंसाको गीत गाउँथे । अहिलेका नारीले आधुनिकता भित्रिएसँगै आइफोनको कुरा गर्ने गर्छन् । विदेशमा रहेकालाई सन्चो सुविस्ता सोध्नु भन्दा पनि आउँदा आइफोन ल्याइदिनु भन्छन् । त्यस्तै भनिएको छ एउटा तीज गीतमा ।

त्यति मात्र होइन, कालो पोतो र केश कालो पार्न सेम्फु ल्याइदिनु समेत भन्न भ्याउँछन् । त्यस्तै गीत आएको छ सूर्य खड्का र ज्याती लोहनीको । जनता डिजिटल प्रालिले बजार ल्याएको गीतमा तीजका भन्दा पनि ‘जापानिज सारी’ को बयान गरिएको छ ।

त्यो त एउटा उदाहरण मात्र हो । अहिले बजारमा तीजका नाममा अनेक प्रकारका गीत आएका छन् । जुन गीतले वास्तविक नारीको भन्दा पनि ठट्यौली शैलीलाई अपनाएको पाइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...