हरिवंशको स्वदेशी बुहारी भित्र्याउने चाहना पुरा

Mohit marriage

काठमाडौँ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको स्वदेशी बुहारी भित्र्याउने चाहना पुरा भएको छ ।

कान्छो छोरा मोहितवंश आचार्यले व्यवसायी एवं सञ्चार उद्यामी भोला थापाको छोरीसँग विवाह गरेसँगै हरिवंशको स्वदेशी बुहारी भित्र्याउने चाहना पुरा भएको हो ।

उनको जेठो छोरा त्रिलोकले विदेशी बुहारी ल्याएका थिए । शनीबार कलाकारहरुको बाक्लो उपस्थितिकाबीच धुलिखेलस्थीत होटल मिरेबलमा मोहितले बिन्दु थापासँग लागनगाँठो कसेका हुन् ।

करिब ९ महिना अघि इन्गेजमेन्ट गरेका उनीहरुले पूर्व योजना अनुसार नै शनीबार विवाह गरेका हुन् । बिन्दु, नेपाल मेडिकल कलेजमा डेन्टल सर्जरीको विद्यार्थी हुन् भने मोहित कुपण्डोलमा ब्रिक्स क्याफे सञ्चालन गरेर बसेका छन् ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...