इटहरीमा बाहिरकै यौनकर्मी धेरै

Highway1

इटहरी । चार महिनाअघि खोटाङबाट जागिरको खोजीमा एक युवती इटहरी झरिन् । सहरमा प्रशस्तै अवसर हुने सोचले ती युवती इटहरी झरेकी थिइन् । जागिर खोज्ने क्रममा ठूल्ठूला व्यापारिक प्रतिष्ठानदेखि लिएर थुप्रै होलसेल पसलमा पुगेर अनुनय गरिन् तर पाइनन् ।

जागिरकै खोजीमा भौतारिएको बेला ती युवतीको इटहरी वडा नं। ५ की रुद्रमाया खड्कासँग भेट हुन पुग्यो । खड्काले ती युवतीलाई उदयपुर त्रियुगा वडा नं। १३ को रिभर साइड होटलमा म्यानेजर पदमा जागिर लगाइदिने आश्वासन दिइन् । रुद्रमायाले होटल सञ्चालक सुनसरी इनरुवा घर भएका केदारप्रसाद पोखरेललाई बोलाएर जिम्मा दिइन् । होटलमा पुगेपछि भने ती युवतीले मालिकले जे भन्छन् त्यही काम गर्नुप¥यो । उनले मालिकले त्यस्तो कुदृष्टि राखेर काम लगाउँछन् भनेर कहिल्यै सोचेकी थिइनन् । ती युवतीलाई होटल सञ्चालकले जबरजस्ती यौनधन्दा गर्न लगाए । उनलाई डर, त्रास, धाकधम्की दिएर यौनधन्दा गर्न लगाए पनि त्यहाँबाट छाडेर हिँडिन् । उनलाई त्यस्तो गलत काम गर्न लगाउने मालिकविरुद्ध उजुरी दिइन् । उजुरीका आधारमा होटल मालिक पोखरेल र रुद्रमाया खड्कालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

पूर्वको इटहरीसँगै आसपासका सहरमा खुलेका बग्रेल्ती क्याबिन–रेस्टुराँसँगै केही होटलहरुमा युवती राखेर अवैध यौनधन्दा गराउने गरिएको पाइन्छ । इटहरीमा प्रहरीले निरन्तर कडाई गरेसँगै व्यक्तिगत सम्पर्कका आधारमा यौनधन्दामा संलग्न महिला पनि बग्रेल्ती छन् । व्यक्तिगत सम्पर्कका आधारमा यौनधन्दा गराउनेको इन्डियन ग्राहक बढी हुने गरेका छन् ।

इटहरी प्रहरी कार्यालयको एक वर्षयताको तथ्याङ्कले पनि यौनधन्दाको विकृति बढेको ठहर हुन्छ । यहाँ यौनधन्दामा संलग्न भएको आरोपमा प्रहरीले २०७३ साउनदेखि २०७४ जेठ मसान्तसम्ममा ९४ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा ५४ जना युवती र महिला छन् । बाँकी पुरुष छन् ।

इटहरीमा यौनधन्दाको विकृति डरलाग्दो गरी बढेपछि चार वर्षअघिदेखि प्रहरीले क्याबिन–रेस्टुराँसँगै होटलहरुमा कडाई गर्दै आएको छ । प्रहरी–प्रशासनले पूरै कडाई गरे पनि अनेक उपाय लगाएर यौनधन्दा गर्ने गरेको पाइएको छ । यौन व्यवसायीलाई श्रीमती बनाएको बहाना गर्ने र यौनधन्दा चलाउने आइडिया लगाउने पनि देखिएका छन् ।

भारत दार्जिलिङका युवतीको समूह र यौनधन्दामै संलग्न महिलाले चिनेजानेका किशोरी तथा महिलालाई केही निश्चित दिनका लागि झिकाएर धन्दामा लगाएको प्रहरीकै अनुसन्धानबाट खुलेको थियो । दार्जिलिङबाट होटल सञ्चालकले दुई–तीन जनाको समूह मौका मिलाएर युवतीलाई झिकाउने अनि केही दिन राखेर पठाउने गर्थे । तेस्रो उपाय अपनाउने क्रममा इहटरी प्रहरीले व्यक्तिगत सम्पर्कको आधारमा गोप्य रुपमा कोठामा बोलाएर यौनधन्दा सञ्चालन गर्नेसमेत देखिएका छन् । पछिल्लो समय इन्डियन ग्राहकलाई बढी प्राथमिकतामा राखेर यौनधन्दा सञ्चालन गर्ने गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्कअनुसार यौनधन्दामा संलग्न पुरुषमा प्रायः विवाहित नै हुने गरेका छन् । विवाहित पुरुष प्रविधिको विकाससँगै अनेकखाले भिडियो हेर्ने र त्यही आधारमा यौनसम्पर्क राख्न युवतीलाई अनेक प्रलोभन देखाउने गरेको पाइएको छ । यौनधन्दामा संलग्न युवती भने सबै किसिमका हुने गरेका छन् । यौनधन्दामा स्टाफ नर्स, लाहुरेका श्रीमती, कलेजमा पढ्दै गरेका विद्यार्थी र अति विपन्न परिवारका हुने गरेका छन् ।

तस्विर मोडलिङमा आधारित, साभार : सुक्रबार साप्ताहिक

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...