नेम्बाङको म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक

Ujan 1

काठमाडौं । युवा गायक उजन नेम्बाङको नयाँ म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक भएको छ ।

‘गौरदहको बजारैमा’, ‘पोखराको तालैमा’ जस्ता गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएका गायक नेम्बाङले उक्त गीत सार्वजनिक गरेका हुन् ।

गीतमा राजुबाबु श्रेष्ठको शब्द, ताङ्साङ नेम्बाङको संगीत रहेको उक्त गीतलाई बंगलादेशी चर्चित गितारिस्ट तथा अरेन्जर अभिजित चक्रवर्तिको अरेन्ज गितार वर्क गरेका छन् । गायक उजनले निर्देशन गरेको यो म्युजिक भिडियोमा अहिले समाजमा धेरै परिवारभित्र घटिरहेका विसंगतिलाई समेटेर सानो सन्देश दिने कोशिस गरेको उनले जनाए ।

प्रिया रानी लामा, दृश्य सुबेदी र रवी शर्माको अभिनय रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

प्रतिकृया दिनुहोस