आयो सुशीला पाठकको ‘सप्तरंगी’

Pathak

काठमाडौं । पछिल्लो समय चर्चाको शिखर टेक्दै गरेकी नायिका जस्ती सुन्दरी गायिका सुशीला पाठकको बहुप्रतिक्षित पहिलो गीति एल्बम ‘सप्तरंगी’ सार्वजनिक भएको छ ।

पाठकको पहिलो एल्बम सप्तरंगीको बरिष्ट गायिका मिरा राणा, गायिका कुन्ती मोक्तान, सुक्मित गुरुङ, संगीतकार शिलाबहादुर मोक्तान, संञ्चारकर्मी शान्ति प्रिय, कलाकार निर्मल शर्मा, गायिका तथा निर्देशक लब कार्कीले संयुक्त रुपमा बिमोचन गरे ।

सप्तरंगी एल्बममा ५ वटा गीत समावेश गरिएको छ । शब्द बिष्णु गुरुङ, शान्ति प्रिय, सन्तोष पोखरेल र बिशाल पौडेलको रहेको छ भने शिलाबहादुर मोक्तान, मनोजराज शिवाकोटी, दिपक शर्मा, करणराज कार्की र बिशाल पौडेलको संगीत छ ।

एलबम विमोचन कार्यक्रममा सहभागीहरुले पाठकको गीत मर्मस्पर्शी भएको बताए । उनीहरुले जादुमय स्वर तथा उत्कृष्ट संगीतले सजिएको यस एल्बमले चाडैनै सांगीतिक फाटमा बेग्लै पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा सप्तरंगीमा समावेश ‘हलक्क ज्यान बढ्यो रे’ बोलको गीतमा तयार पारिएको म्युजिक भिडियो पनि सार्वजनिक गरियो । सो भिडियोमा नब मोडल भुपेन पाठक र नायीका विश्वकर्माको अभिनय छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...