‘हामी शरणार्थी’ को साइत ८ भदौंमा

Hami saranarthi 1

काठमाडौं । भुटानी शरणार्थीहरुको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘हामी शरणार्थी’ आगामी ८ भदौमा रिलिज हुने भएको छ ।

केरुङ् फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्म तीजलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको हो । निर्देशक विजय लिम्बु केरुङले फिल्मले भुटानी शरणार्थीले पाएको दुःख र कष्टलाई प्रस्तुत गरेको बताए ।

फिल्ममा अभिनेत्री शिल्पा पोखरेलले दुई सन्तानकी आमाको भूमिकामा अभिनय गरेकी छिन् । उनीसँगै जीवन भट्टराई, प्रतिमा रसाइली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको अभिनय छ ।

अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता छन् । फिल्ममा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...