एसईई–२०७९ को नतिजा सार्वजनिक, ४.६३ प्रतिशतले ल्याए ४ जिपिए

See result press meet

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा माथिल्लो जीपीए ल्याउनेको संख्या बढेको देखिएको छ ।

कार्यालयले एसईई परीक्षाको नतिजा बिहीबार दिउँसो सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको छ । प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन् । यो कुल विद्यार्थी सङ्ख्याको ४.६३ प्रतिशत हो ।

यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ५५ हजार ६९ छ। यो कुल विद्यार्थी सङ्ख्याको ११.६३ प्रतिशत हो । यस्तै २.८० देखि ३.२ जिपिए ल्याउने ७२ हजार ३६२ रहेका छन् । यो कुल विद्यार्थी सङ्ख्याको १४.९२ प्रतिशत हो ।

यस्तै २।४ देखि २।८ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ८९ हजार ३३१ रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको १८।४२ प्रतिशत हो । २ देखि २।४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक लाख दुई हजार २९३ रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको २१.०९ प्रतिशत हो । १.६ देखि २ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ८८ हजार ४४७ रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको १८.२४ प्रतिशत हो ।

त्यसैगरी १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ७ सय ७० रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको ७.९९ प्रतिशत हो । यस्तै ०.८ देखि १.२ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या दुई हजार २ सय रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको ०.४५ प्रतिशत हो ।

यस्तै, १३ हजार ९९२ विद्यार्थी अनुपस्थित वा एउटा कुनै विषय मात्र दिएका मध्ये रहेको परीक्षा बोर्डले जनाएको छ । यो कुल विद्यार्थी सङ्ख्याको २.८९ प्रतिशत हो ।

प्रतिकृया दिनुहोस