पाँच दिनकी सुत्केरीले दिइन् एसईई परीक्षा

See exam sutkeri

मुगु । हिमाली जिल्ला मुगुमा एक साुमदायिक विद्यालयमा पाँच दिनकी सुत्केरी महिलाले एसईई परीक्षा दिएकी छन् ।  उनले आजबाट सुरु भएको माद्यमिक शिक्षा परिक्षा ९एसईई०मा पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएकी हुन् ।

त्यसरी परीक्षा दिनेमा छाँयानाथ रारा नगरपालिका १३ मा रहेको प्रकाश मावि लुममा अध्ययनरत छात्रा देवमाया बोहोरा । हर्कफ छन् । ५ दिने सुत्केरी महिलाले एसईई परिक्षा दिईरहेकी हुन । बोहोराले छोरालाई जन्म दिएकी छन् ।

उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माद्यमिक विद्यालयको परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेकी छन् । उनले सुत्केरी भएदेखि आफूले राम्ररी आरामसमेत गर्न नपाएको बताएकी छन् । एसईई नजिक आएको र गर्भवती भएकाले परीक्षाको तयारी पनि राम्रो नरहेको उनले दुखेसो पोखिन् ।

उनले परीक्षामा लामो समय विताउँदा पाँच दिनको दूधे बालक भोकाउने भए पनि जोखिम मोलेरै भविश्य निर्माणका लागि परीक्षा केन्द्र पुगेर परीक्षामा सहभागी भएको बताएकी छन् ।

महाकाली माद्यमिक विद्यालयको परीक्षा केन्द्रका केन्द्राध्यक्ष खड्ग बहादुर रोकायाले शिक्षा नियमावलीमा सुत्केरी महिलालाई एसईई परीक्षामा समय थप्नुपर्ने कुनै व्यवस्था नभए पनि व्यवहारिकता हेरेर १५ मिनेट थप गरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...