शुरु भयो एसईई, ४ लाख ८५ हजार ३९६ विद्यार्थीले परिक्षा दिँदै

See suru

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईइ) आज बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको छ ।

आज पहिलो दिन परीक्षार्थी अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा दिँदै छन् । चैत २९ गतेसम्म सञ्चालन हुने एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् । कार्यालयको अनुसार ४ लाख ८५ हजार ३९६ जम्मा विद्यार्थी मध्ये छात्राको संख्या २ लाख ४२ हजार ७१२ र छात्रको संख्या २ लाख ४२ हजार ६७४ रहेको छ ।

६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन्  । ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् ।

प्रदेश र जिल्ला स्तरमा समितिहरू गठन गरिएका छन् । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्नेछन् ।

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । उक्त समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्न पत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तर पुस्तिका परीक्षा केन्द्रसम्म पुर्‍याउने र आवश्यक समन्वय गर्ने लगायतका काम गरेका छन् ।

तस्बिर लिन निषेध
एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबर्जस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानुन अनुसार कारबाही हुने उनले बताएका छन् ।

परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ। यसपटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...