प्रदेश १ को उत्कृष्ठ रवि आधारभूत विद्यालय, जहाँ दलित विद्यार्थी मात्रै पढ्छन्

Ravi basic school book distribution

विराटनगर । मोरङको ग्रामथान–२ झोराहाटको रवि आधारभूत विद्यालय, जहाँ दलित छात्रछात्राले मात्रै अध्ययन गर्छन्, विद्यालय व्यवस्थापनमा उत्कृष्ट भएका प्रदेश १ का २७ विद्यालयका प्रधानाध्यापकमध्ये सबै भन्दा कान्छा प्रधानाध्यापक पनि दलित ।

एक वर्ष निमित्त र ४ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका जितेन्द्र सरदारले विद्यालयको व्यवस्थापनमा उल्लेख्य सुधार मात्रै गरेनन्, उत्कृष्टभित्र पनि पार्न सफल भएका छन् ।

रवि आधारभूत विद्यालयमा शतप्रतिशत दलित विद्यार्थी अध्ययनरत छन् । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा अहिले ४१८ जना विद्यार्थी छन् । ५ वर्षअघि न्यून विद्यार्थी भएकै कारण विद्यालयलाई ‘मर्ज’ गर्नुपर्ने आवाज उठ्न थाल्दा सरदारले शैक्षिक सुधारका कार्यक्रम ल्याए । जसले विद्यालयको पुनर्जिवन दिलायो । उनले निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएपछि वर्षेनी घट्दो विद्यार्थी संख्यालाई बढाउन थाले ।

विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने भन्दा पनि शैक्षिक सुधार गर्नुपर्ने निमित्तको जिम्मेवारी पाएका शिक्षक सरदारले ५ वर्षभित्रमा उत्कृष्ट बन्न सफल बनाए । यसका लागि सरदारले विद्यालयको निमित्तको नेतृत्व पाएपछि विद्यालय सुधारमा लागेका थिए ।

एक वर्ष निमित्त र ४ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका सरदारले विद्यालयको व्यवस्थापनमा उल्लेख्य सुधार मात्रै गरेनन्, प्रदेशकै उत्कृष्टभित्र पनि पार्न सफल भएका छन् ।

‘हाम्रो विद्यालयबाहेक नेपालका कुनै पनि सामुदायिक विद्यालयमा शतप्रतिशत दलित विद्यार्थी छैनन्’ ३६ वर्षीय प्रधानाध्यापक सरदार भन्छन्, ‘दलित विद्यार्थी मात्रै पढाउँदा धेरैले हेला पनि गरे । तर अहिले सबैले यही विद्यालयमा विद्यार्थी पाढाउन खोज्छन् ।’

विद्यालयमा भवन निर्माण सुरु भएसँगै प्रधानाध्यापक सरदारले विद्यार्थी संख्या वृद्धि गर्नतर्फ लागे । घरदैलो अभियान सुरु गरे । विद्यालयमा राम्रो पढाइ हुने सन्देशसहित बोर्डिङ स्कुलमा पढाइरहेकाहरुले सोहीविद्यालयमा सार्न थाले । विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यम सुरु गरियो । नमुना विद्यालय बनाउने अभियानमा लागेका सरदारले विद्यालयलाई स्थानीय स्तर, जिल्ला हुँदै प्रदेशमै उत्कृष्ट बनाएका छन् ।

रवि आधारभूत विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गर्न थालेसँगै विद्यार्थीको संख्या पनि बढेर गएको उनले बताए । बालमैत्री विद्यालय, बालबालिकाका लागि परामर्श कक्ष, बालबालिका तथा अपांगमैत्री कक्षा कोठा तथा शौचालयको व्यवस्था, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमणको व्यवस्था विद्यालयले गरेको सरदारले बताए । उनले भने, ‘विद्यालयले बाल संरक्षण नीति पनि बनाएको छ ।’

बुधबार प्रदेश १ सरकारले १४ जिल्लाका २७ विद्यालयलाई उत्कृष्ट व्यवस्थापन भएका सफल मावि र आधारभूत विद्यालयको सूचीमा राख्दै नगदसहित सम्मानित गरेको छ । ३२ वटा सूचक पूरा गरेका २७ विद्यालयभित्र रवि आधारभूत विद्यालय उत्कृष्ठमा परेको छ । उसले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट ९ लाख ७५ हजार नगदसहित ट्रफी प्राप्त गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...