कक्षा १२ को नतिजा सार्वजनिक, १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा

ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने

12 rejuslt

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको हो ।

नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसवर्ष  ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । जस अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् ।

बोर्डका अनुसार प्रत्‍येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्‍ने उल्लेख छ । बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने भएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले असोज अन्तिममा ग्रेडवृद्धि परीक्षा लिइने बताए ।

उनका अनुसार गत जेठ १६ देखि २५ गते लिइएको १२ कक्षाको परीक्षामा ४१७९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ३०१०७ रहेका छन् ।

यस्तै शुक्रबार प्रकाशित नतिजा अनुसार ननग्रेडेड परीक्षार्थीको संख्या भने १८८४१० रहेको छ । दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने छन् ।






प्रतिकृया दिनुहोस