बढ्यो सरकारी शिक्षकको तलव, कति पुग्यो ?

Teacher school

काठमाडौं । आर्थिक वर्ष २०७९/८० देखि सरकारी शिक्षकहरुले खाईपाई आएको मासिक तलबमा ग्रेडबाहेक ३ हजार ६०१ रुपैयाँदेखि ७ हजार ४०७ रुपैयाँसम्म बढेको छ ।

सरकारले बजेट वक्तव्यमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी लगायतको तलब १५ प्रतिशतले बढाउने घोषणा गरेको थियो । सो घोषणा बमोजिम समायोजन गरिएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागु भएको छ ।

चालु आर्थिक वर्षदेखि सरकारी विद्यालयका प्रथम श्रेणीका मावि शिक्षकको मासिक तलबमा ७ हजार ४०७ रुपैयाँ थपिएको छ । यस्तै प्राविको सबैभन्दा तल्लो तहका शिक्षकले ३ हजार ६०१ रुपैयाँ अतिरिक्त तलब पाउने छन् ।

माविको प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल अघिल्लो पटक ४९ हजार ३८० रुपैयाँ थियो । यी शिक्षकले आर्थिक वर्ष २०७९र८० देखि ग्रेड बाहेक ५६ हजार ७८६ रुपैयाँ पाउने छन् । माविकै द्वितीय श्रेणीका शिक्षकले यही साउन महिनादेखि ४८ हजार ७३७ र माविको तृतीय श्रेणीका शिक्षकहरुले ४३ हजार ६८९ रुपैयाँ तलब पाउने छन् ।

यसैगरी निमावि तहको प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल ४५ हजार ८६२ रुपैयाँ, द्वितीय श्रेणीको ४३ हजार ६८९ र तृतीय श्रेणीको ३४ हजार ७३० रुपैयाँ तलब स्केल कायम भएको छ ।

यसैगरी प्रावितर्फ एसएलसी उत्तीर्ण प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल ४३ हजार ६८९ रुपैयाँ कायम भएको छ । द्वितीय श्रेणीका शिक्षकको तलब ३४ हजार ७३० र तृतीय श्रेणीको तलब ३२ हजार ९०२ रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...