साउन मसान्तसम्म कक्षा-११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन

Parixa board

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ ।

बोर्डले आज एक सूचना जारी गर्दै एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक-फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो ।

बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस