एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने

See exam

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पुरक) परीक्षा यही भदौंमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन् ।

२०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् ।

परीक्षा भदौको ११ र १२ गतेका लागि तय भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ ।

१२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...