माध्यामिक तहको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक, २३ हजार ७२ जना उत्तिर्ण

Tsc ktm

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ। देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ ।

आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गरेको हो । जसमध्ये सबै भन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ ।

यस्तै प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन् । प्रदेश १ मा ४३ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै मधेश प्रदेशबाट १७ सय २० जना उत्तीर्ण हुँदा ९६ जनाको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

गण्डकी प्रदेशबाट २६ सय ४५ जनाले अध्यापन अनुमति पाएका छन् । यस्तै गण्डकीबाट ३६ जनाको परीक्षा रद्द भएको छ। त्यसै गरी लुम्बिनीबाट ३९ सय ७३ जना पास भएका छन्। यहाँबाट ६५ जनाको परीक्षा रद्द गरिएको छ । कर्णाली प्रदेशबाट १६४६ पास हुँदा ३९ जनाको परीक्षा रद्द भएको छ । त्यस्तै सुदूरपश्चिमबाट २०६१ जनाले अनुमति पाउँदा ५२ जनाको परीक्षा रद्द भएको छ ।

आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो  अध्यापन अनुमति पत्र परीक्षामा समावेश भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट वितरण हुने आयोगले जनाएको छ । त्यसका लागि आयोगले केही दिनमा सूचना जारी गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...