कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

Bidya bhandari in sansad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्। नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाको मुख्य आधार भएको भन्दै गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा जोड दिएकी हुन्।

उनले व्यहारिक जीवनमा कानुनले सामान्य मागदर्शन गर्न सक्ने भएपनि सार्वजनिक, सामाजिक र राजनीतिक व्यहारको उचाई नैतिकताले मात्र कायम राख्न सक्ने जिकिर गरिन्।

विश्वविद्यालयका प्राध्यापकहरुले मुलुकमा भइरहेको संवैधानिक एवं कानुनी अभ्यासका क्रममा देखिने बिचलनहरुका बारेमा समेत प्राज्ञिक बिमर्शमार्फत कानुन तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसँग सम्बन्धित निकायहरुलाई निगरानीका साथै पृष्ठपोषण समेत गर्नुपर्नेमा उनले जोड दिइन्।

कानुनी शिक्षा नागरिकको जीवन, स्वतन्त्रता, प्रतिष्ठा र सम्पतीसँग जोडिएको व्यहारिक शिक्षा भएकाले यसमा ज्ञान, सीप, विवेक र नैतिकताको समिश्रण रहेको उनको भनाइ छ।

कानुनी शिक्षा कानुनी शासनको प्रमुख आधार भएकाले संविधान र कानुनबारेमा समाजमा जनचेतना अभिवृद्ध गर्न, संविधान तथा कानुनको परिपालना गर्न, कार्यान्वयन गराउन गर्नमा विश्वविद्यालयका कानुनका प्राध्यापक र अध्ययनरत विद्यार्थीको अमह भूमिका रहने धारणा व्यक्त गरिन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...