राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १४ विद्यालय छनोट

School

काठमाडाैं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुकुम पूर्वका १४ विद्यालय छनोट भएका छन् ।

विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको कार्यक्रमअन्तर्गत जिल्लाका ३ स्थानीय तहका १४ विद्यालय छनोटमा परेका हुन् ।

कार्यक्रमअन्तर्गत ४ कोठे र २ कोठे भवन निर्माण तथा सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) स्थापनाका लागि बजेट आउने छ । ४ कोठे भवनका लागि प्रतिविद्यालय ३६ लाख, २ कोठे भवनका लागि १८ लाख र आईसीटी ल्याब स्थापनाका लागि ६ लाख ५० हजार रुपैयाँ बजेट आउने शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए ।

कार्यक्रमका लागि सिस्ने गाउँपालिकाका ६ विद्यालय, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका ४/४ विद्यालय छनोटमा परेका छन् ।

सिस्ने–१ को नवज्योति आधारभूत विद्यालय भट्टेचौर, वडा नम्बर २ को हिमालय मावि नायगाड, वडा नम्बर ५ को रुक्मिणी मावि आईसीटी ल्याब स्थापनाका लागि छनोट भएका छन् । वडा नम्बर ४ को जनप्रिय मावि दादिङमा ४ कोठे भवन, वडा नम्बर १ को आधारभूत विद्यालय सिस्नेपोखरी र वडा नम्बर ४ को आधारभूत विद्यालय अमलाचौरमा २ कोठे भवन निर्माण हुने भएका छन् ।

भूमेको वडा नम्बर २ मा रहेको त्रिवेणी मावि काँक्री, वडा नम्बर ८ को मावि कुचिबाङमा आइसीटी ल्याब स्थापना हुनेछ । वडा नम्बर ३ को टक्सार आधारभूत विद्यालय झुम्लाबाङमा २ कोठे र वडा नम्बर ८ को सरस्वती मावि सिमखोला ४ कोठे भवन निर्माण हुने छन् । पुथा उत्तरगंगाको वडा नम्बर १० को महेन्द्र मावि तकसेरामा कम्प्युटर विज्ञान र ४ कोठे भवन, वडा नम्बर १४ को सिद्धमण्डली मावि राङ्सीमा २ कोठे, वडा नम्बर ९ को आदर्श मावि खाराबाङमा ४ कोठे भवन निर्माण हुने भएका छन् ।

वडा नम्बर ११ को उत्तरगंगा आधारभूत विद्यालय सेराबालुवामा आईसीटी ल्याब स्थापना हुने भएको हो । स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने वित्तिकै कार्यन्वयनको प्रक्रिया शुरू हुने समन्वय एकाइ प्रमुख गौतमले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...