राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४१५७ विद्यालय छनोट

Education meet

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो ।

शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २१०६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ ।

प्रदेश एकमा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरण अनुसार प्रदेश १ मा १९८ विद्यालयमा ४ कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, ३४९ विद्यालयमा आईसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ७ विद्यालय छनोट भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा १९५ विद्यालयमा ४ कोठे भवन, १३७ विद्यालयलमा दुई कोठे भवन, आईसीटी ल्याब व्यवस्थापनमा २८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना तीन विद्यालय छनोट भएका हुन् ।

मधेश प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १९७ विद्यालयमा २ कोठे भवन, २३५ विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन, पाँच विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा चार वटा विद्यालय छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा १४१ विद्यालयमा चार कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, २७० विद्यालयमा आईसीटी व्यवस्थापन, ८ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।

भूकम्पबाट प्रभावित बागमती प्रदेशका जिल्लाहरूमा १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिए ।

चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भुम्पबाट नबनेका विद्यालयमा ४ कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आईसीटी ल्याब ४९१, प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापना ४ छनोट भएका छन् ।

यस्तै, गण्डकीमा १३० विद्यालयमा ४ कोठे भवन, १२५ दुई कोठे भवन, २५५ आईसीटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् ।

कर्णालीमा ११० विद्यालयमा ४ कोठे भवन, १३८ मा दुई कोठे भवन, २२५ विद्यालयमा आईसीटी ल्याब, प्राविधिक ल्याब दई र नयाँ प्राविधिक विद्यालय स्थापना दुई विद्यालय छनोट भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...