मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुङ्कु अब्दुल रहमान युनिभर्सिटीबीच सम्झौता

Mid western university

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्धिपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्राडा ली जी वेइले भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अनलाइन सम्झौता समारोहमा मध्यपश्चिमका उपकुलपति सिंह तथा समकक्षी रहमान युनिभर्सिटी कलेजका अध्यक्ष वेइले आ–आफ्नो विश्वविद्यालयका शैक्षिक कार्यक्रम र सहकार्यका सम्भावनाबारे धारणा व्यक्त गरेका थिए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले सम्झौता पश्चात् दुवै शैक्षिक संस्थाको विकासका साथै आपसी समझदारीलाई बढावा दिने विश्वास व्यक्त गरे ।

तुङ्कु अब्दुल रहमान युनिभर्सिटीका अध्यक्ष वेइले विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ तथा समर्थन रहने प्रतिबद्धता जनाए । दुवै विश्वविद्यालयले समानता र पारस्परिकताका आधारमा आपसी हितका लागि विभिन्न सहयोगी गतिविधि सञ्चालनका लागि सम्झौता गर्न सहमत भएको जनाएका छन् । सम्झौता अवधि पाँच वर्षको रहेको छ ।

नेपाल सरकारद्वारा २०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय स्वायत्त तथा सार्वजनिक उच्च शिक्षा संस्था हो । यसले देशभर सात स्नातक क्याम्पस, १० आंगिक क्याम्पस, दुई स्कूल र एक सम्बन्धन प्राप्त कलेज सञ्चालन गरेको छ ।

विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा समाजशास्त्र, कानून, व्यवस्थापन, विज्ञान तथा प्रविधि लगायतका विभिन्न विषयमा पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक कार्यक्रममा गरी करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेज मलेसियाका प्रथम प्रधानमन्त्रीको नामबाट सन् १९६९ मा स्थापना भई सन् २०१३ मा युनिभर्सिटी कलेजका रुपमा स्तरोन्नति भएको हो । यस युनिभर्सिटी कलेजका मलेसियामा छ आंगिक क्याम्पस रहेका छन् भने मुख्य क्याम्पस मलेसियाको राजधानी क्वालालम्पुरमा छ ।

यस विश्वविद्यालयमा लेखा, वित्त र व्यापार, व्यावहारिक विज्ञान, कम्प्युटर तथा सूचना प्रविधि, वातावरण, इन्जिनियरिङ, प्रविधि, सामाजिक विज्ञान र मानविकी आदि कार्यक्रमअन्तर्गत पीएचडी, एमफिल, स्नातकोत्तर, स्नातक र डिप्लोमा तहमा करीब २८ हजार विद्यार्थी अध्ययनरत रहेको मध्यपश्चिम विश्वविद्यालयद्वारा जारी पे्रस नोटमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...