पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने    

Pokhara university

काठमाडौं । पोखरा विश्वविद्यायले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ ।

शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालयले गण्डकी प्रदेशका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए । 

विश्वविद्यालयमा पिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेको उनले बताए । त्यसका लागि अहिले भौतिक संरचनाको काम भइरहेको छ । यसअघि बसेको विश्वविद्यालयको सभाले नयाँ विषय र मेडिकल कलेज खोल्ने र सम्बधन दिने विषयमा निर्णय गरिसकेको थियो ।

छलफलमा मन्त्री पौडेलले विश्वविद्यालयले मुलतस् तीन विषयमा ध्यान दिनुपर्ने बताए । भौतिक पूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक कोर्सको तयार गर्न उनको सुझाव छ ।

विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ ।

‘विश्वविद्यालय सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ,’ उनले भो, ‘नयाँ योजना र नीतिगत विषयलाई जोड दिनुस्, आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...