काठमाडौं मेडिकल कलेजको अनुगमनमा पुगे शिक्षामन्त्री पौडेल, शुल्कबारे भोलिसम्म रिपोर्ट पेस गर्न निर्देशन

Devendra paudel

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार बिहान काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गर्न पुगेका छन् ।

भक्तपुरको दुवाकोटमा रहेको केएमसीको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा जाँचबुझ गरेका थिए ।

सो क्रममा उनले एमबीबीएस पढ्ने विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन् । अनुगमनको क्रममा मन्त्री पौडेलले कलेज प्रतिनिधिलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुन लाग्छ ।’ मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिएका छन् ।

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन थालेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायतसँगै विद्यार्थी र अभिभावक प्रदर्शनरत छन्  । अतिरिक्त शुल्कको विरुद्धमा एक महिनादेखि सुरु भएको आन्दोलन अन्तर्गत विद्यार्थीले काठमाडौं मेडिकल कलेज परिसर सिनामंगलमा चौथौ दिन पनि रिले अनशन जारी राखेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...