चिट चोर्न नदिँदा कुटिए रत्नराज्यका प्राध्यापक, कारबाही नभएसम्म नपढाउने निर्णय

Rr college

काठमाडौं । चिट चोर्न नदिएको भन्दै एक विद्यार्थीले शिक्षकमाथि कुटपिट गरेपछि रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) का प्राध्यापकहरु आन्दोलित भएका छन् ।

मंगलबार बिहान आन्तरिक प्ररीक्षाका क्रममा चिट चोर्न नदिएको भन्दै एमालेनिकट अनेराश्ववियुका कार्यकर्ता कुवेर जेठाराले प्राध्यापक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए ।

कुटपिटका कारण पुडासैनीको टाउकोमा सात टाँका लगाउनुपरेको बताइएको छ । प्राध्यापकमाथि कुटपिट गर्नेलाई कारबाही नगरेसम्म अध्यापन गर्न नसक्ने रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) का प्रध्यापकहरुले बताएका छन् ।

आक्रमणबाट प्रध्यापकको टाउकोमा चोट लागेको छ। उक्त कुटपिटको निन्दा गर्दै प्राध्यापकहरुले गल्ती अनुसारको कारबाही गर्न माग गरेका छन् । आरआर प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै पीडकमाथि कारबाही गरी अध्यापन गराउने वातावरण बनाउन माग गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...