तलब वृद्धि नहुँदा डोटीका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

School

काठमाडौँ । डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।

पालिकाले सरकारको निर्णयानुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दको यहाँको गाउँपालिका शिक्षक महासङ्घले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ ।

जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको तर उक्त गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलित बनेका गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष गणेश दाहलले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति रु सात हजार पारिश्रमिक बढाउनुपर्ने र माग पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो ।

कोरोना भाइरसका कारण विद्यार्थीको पढाइ पूरा हुन नसकी अन्योलता कायमै रहेका बेला पुनः शिक्षकबाट विद्यालय बन्द हुनु दुःखद् रहेको र विद्यालय कर्मचारी तथा सहजकर्ताको माग चाँडो सम्बोधन गरी विद्यालय सञ्चालन गर्नुपर्ने नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश खड्काले बताए । गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...